मुख्य समाचार

वडा सदस्य महर्जनविरुद्ध २ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । घुससहित पक्राउ परेका महर्जनलाई आयोगले २ लाख रुपैयाँ विगोसहित मुद्दा दायर गरेको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । महर्जनलाई अख्तियारको टोलीले गत भदौ २१ गते २ लाख रुपैयाँसहित नियन्त्रणमा… पुरा पढौ

१७.९९ प्रतिशतले बढ्यो सानिमा माई हाइड्राेपावरको खुद नाफा

काठमाडौं, २१ माघ । सानिमा माई हाईड्रोपावर लिमिटेडले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा ३७ करोड १४ लाख रुपैयाँ बढी खुद नाफा भएको छ । जो नाफा १७.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४८ लाख गुमाएको थियो । कम्पनीले विद्युत बिक्रीबापत ५७ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो पटककोभन्दा… पुरा पढौ

अमेरिकी डलरको मूल्य १२० रुपैयाँ पुग्यो, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, २१ माघ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ भने बिक्रीदर १२०.०८ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.४४ रुपैयाँ पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१.८३ रुपैयाँ र बिक्रीदर १६२.६४ रुपैयाँ कायम छ । आज कतारी रियालको एकको खरिददर ३२.८२ रुपैयाँ र बिक्रीदर ३२.९८ रुपैयाँमा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज जापानी येन आज १०… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आजदेखि सेयर बिक्री खुला

काठमाडौं, २१ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आजदेखि सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । संस्थाको ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीमा ल्याईएको हो । निष्काशन गरिएको ५ लाख २२ हजार कित्ता सेयरमध्ये ८ हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणको लागि छुट्याईएको छ । २६ हजार १०० कित्ता सेयर भने सामुहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन पाउने… पुरा पढौ

हिमपातले भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर

डोटी, २१ माघ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह… पुरा पढौ

रेल चलाउने तयारी भएपछि छायाे खुशियाली, उद्घाटन हुन बाँकी

जनकपुर, २१ माघ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का… पुरा पढौ

जुत्ता उद्योगमा आगलागी, साढे आठ करोडको क्षति

बनियानी, २१ माघ । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित… पुरा पढौ

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्व, २१ माघ । रुकुमपूर्व, २१ माघ रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको… पुरा पढौ

पहाडमा वर्षा, उच्च हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २१ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध… पुरा पढौ

मन्त्री यादवलाई सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आयोगकोआग्रह

काठमाडौं, २१ माघ । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आग्रह गरेको छ । आयोगमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाई सो आग्रह गरेको हो । आयोगले समाजमा शान्ति सुरक्षा खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ । मन्त्री यादवले आफूले श्रद्धाञ्जलि सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गरिन । उनले आफूले… पुरा पढौ