मुख्य समाचार

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ पुस्तक प्रकाशित

काठमाडौं, १६ माघ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक प्रकाशित भएको छ । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकमा मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेखलाई समेटेको छ । ढुंगे युगदेखि आधुनिक विद्युतीय चामत्कारिक युगसम्ममा मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तरकथाहरू साथै सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू समेतलाई सरल र कौतुहलपूर्ण ढंगले व्याख्या गरिएको लेखक पौडेलले बताए । पुस्तकबारे उनले भने, ‘पुस्तकमा मूलतस् सुमेर सभ्यताको… पुरा पढौ

‘भाइरल सडक’ ले तान्यो पर्यटक, एकै दिन २ हजारभन्दा बढीले गरे अवलोकन

तनुहँ, १६ माघ । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको संख्या बढेको छ । सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयसमेत रहेका व्यास-११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए । ‘शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै… पुरा पढौ

साधना लघुवित्तले कमायो रु ७ करोड ५७ लाख खुद नाफा

काठमाडौं, १६ माघ । साधना लघुवित्त वित्तीय संस्थाले गएको वर्षकोभन्दा चालु आर्थिक वर्षमा नाफामा बृद्धि भएको जनाएको छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएको वर्ष संस्थाले सोहि अवधिमा कमाएकोभन्दा यसपटक ११५.११ प्रतिशत बढी नाफा आर्जन गरेको छ । यस आर्थिक वर्षको पहिलो ६ महिनामा लघ्वित्तको खुद नाफा ७ करोड ५७ लाख रहेको छ । गएको वर्ष सोहि अवधिमा संस्थाले ३ करोड ५० लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो । लघुवित्तको निष्कृय कर्जा… पुरा पढौ

प्रि-ओपन सेसनमा २५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, १६ माघ । साताको पहिलो दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २५.०३ अंक बढेको छ । साताको अन्तिम दिन बिहीबारको कारोबार दिन ३.३३ अंक बढेर २ हजार ७७९.९८ बिन्दुमा प्रवेश गरेको नेप्से आइतबार प्रि-ओपन सेसनमै २५.०३ अंक बढेर २ हजार ८०५.०१ बिन्दुमा पुगेको हो । नेप्से सूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि ४।३८ अंकले बढेको छ । प्रि-ओपन सेसनमा ४६ कम्पनीको २९ हजार १४१ कित्ता सेयर १ करोड ५६ लाख ४८ हजार ९४८.१० रुपैयाँमा खरिदबिक्री भएको भने नेप्सेमा सूचीकृत सबै उपसमूहहरुमा… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ दररेट सार्वजनिक गरेको छ । नयाँ दररेटअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर ११९.७७ रुपैयाँ र विक्रीदर १२०.३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.०३ रुपैयाँ कायम भएको भने युके पाउन्ड स्टलिङ एकको खरिददर १६०.२६ रुपैयाँ र बिक्रीदर १६१.०६ रुपैयाँ कायम गरिएको हो । आज जापानी येन १० को खरिददर नेपाली १०.३६ रुपैयाँ र बिक्रीदर १०.४१ रुपैयाँ रहेको छ भने कतारी रियालको… पुरा पढौ

वित्तीय आम्दानी बढेपछि चिलिमे जलविद्युतको नाफामा सुधार

काठमाडौं, १६ माघ । चिलिमे जलविद्युत कम्पनीले नाफामा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस पटक कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा गएको वर्षको साेहि अवधिकोभन्दा २.२४ प्रतिशतले बढी हो । कम्पनीको वित्तीय आम्दानी बढेको छ तर विद्युत बिक्री आम्दानी घटेको छ । कम्पनीको बिद्युत बिक्री… पुरा पढौ

काभ्रेमा अत्यावश्यक बाहेकका अन्य नियमित सेवा माघ २१ गतेसम्म स्थगन

बनेपा, १६ माघ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले सूचना जारी… पुरा पढौ

उच्च पहाडी भागमा वर्षा र हिमपातको संभावना

काठमाडाैं, १६ माघ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक  बदली रही देशका तराईका भू-भागमा हुसु / कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १६ गते   दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।   राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।… पुरा पढौ

सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी : मुख्यमन्त्री पोखरेल

पोखरा, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् । उनले देश जनताका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गगर्दै १ सय… पुरा पढौ

६० लाख लागतकाे डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग आउन सुरू

लमजुङ, १६ माघ । भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ । समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी–७ का वडाध्यक्ष युवा घलेलाई सो रकम हस्तान्तरण गरेकी छन् । निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए। तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले… पुरा पढौ