मुख्य समाचार

प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकीमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २२ गते   दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका… पुरा पढौ

मजदुरद्वारा यातायातको भाडा समायोजन अधिकार संघीय सरकारलाई दिन माग

काठमाडौं, २२ माघ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका हुन् । यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग… पुरा पढौ

दुई वर्ष कोरोना र राजनीतिक सङ्क्रमणले काम गर्न दिएन : सभापति विडारी

काठमाडौ, २२ माघ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ । मुलुकका राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेज व्यवस्थापन, पुरातात्विक, आर्थिक, सामाजिक, सांस्कृतिक र कानुनसँग सम्वन्धित अभिलेख व्यवस्थापन प्रणाली, प्रकिया, सङ्कलन, सङ्ग्रहित र संरक्षणको विषयमा समितिले यसअवधिमा उत्साह र दत्तचित्तकासाथ काम गरेको छ । समितिका सभापति रामनारायण विडारीले समिति गठनपछि गरेभएका छलफल, निर्णय र निर्देशनले सहायक कानुन… पुरा पढौ

देशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

गलेश्वर, २२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का ध्रु थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै… पुरा पढौ

बागमती प्रदेश सरकारका के के छन १०० दिनका उपलब्धि ?

हेटाैंडा, २१ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको सय दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सवलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ प्रदेश सरकारले काम गरेको र थुप्रै उपलब्धी हासिल भएको बताए । प्रदेश सरकारले गठबन्धनमा सहभागी दलका सहभागितामा प्रभावकारी सेवा प्रवाह,… पुरा पढौ

विद्युतीय कारोबार मार्फत ठगी बढ्याे, सचेत भएर कारोबार गर्न राष्ट्र बैंककाे अपिल

काठमाडौं, २१ माघ । सामाजिक सञ्जालमा विभिन्न बैंक तथा वित्तीय संस्थाको नक्कली कर्मचारी बनेर खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अपरिचित व्यक्तिलाई आफ्नो गोप्य पासवर्ड नदिन सुझाब दिएको हो । ‘अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल वा अन्य डिभाईस एवम् एपीपीका पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्छ । यस्ता पासवर्ड… पुरा पढौ

हिमपातले उपत्यका छेउछाउका डाँडाकाँडा सेताम्मे, नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

काठमाडाैं, २१ माघ । आज बिहानदेखी परेको वर्षासँगैको हिमपातले उपत्यका छेउछाउका डाँडाकाँडा सेताम्मे भएका छन । हिउ खेल्न पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ । आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिएका छन । रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भने, “कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको… पुरा पढौ

दूधजन्य पदार्थ : कागजमा मात्रै आत्मनिर्भर, तथ्यांकमा आयातै आयात

काठमाडौं, २१ माघ । गएको चैत १२ गते ललितपुरको जावलाखेलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक तामझामपूर्ण कार्यक्रममा नेपाल दूध तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरे । घोषणा कार्यक्रममा सरकारी लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न टेवा पुर्‍याएको भन्दै वक्ताहरुले समेत सरकारको प्रशंसा गरेका थिए । तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले त डिग्री, पीएचडी गरेका विद्वानभन्दा प्रधानमन्त्रीको दृढ संकल्प विकासको आधार भएको ठोकुवा गरिन् । उनले प्रधानमन्त्रीको दृढ योजना नै मुलुकलाई आवश्यक रहेको र दूधजन्य… पुरा पढौ

भारतमा एकैदिन कोरोना सङ्क्रमित डेढ लाख नाघे, १ हजार ७२ काे मृत्यु

नयाँदिल्ली २१ माघ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना… पुरा पढौ

शिखर इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २१ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । सेयर मूल्य नेप्समा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ५५०.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ९८६ रहेको थियो । कम्पनीले कम्पनीले हकप्रद निष्काशनको लागि आज माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२… पुरा पढौ