मुख्य समाचार

जनवरीमा १६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, २१ माघ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ । अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२… पुरा पढौ

हिमपातले हुम्लाको जनजीवन कष्टकर

हुम्ला, २१ माघ । हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ । हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ । यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ । माटोले पुरिएर महिलाको मृत्य हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको… पुरा पढौ

लोफाले शनिबार राष्ट्र बैंकका निर्देशकसहित ‘कृप्टो टक’ कार्यक्रम गर्ने

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी भर्चुअल करेन्सी/कृष्टाे करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतकाे काराेबार / व्यवसाय गैरकानूनी रहेकाे बताइसकेकाे छ । नेपालमा विदेशी विनिमय वा मुद्राकाे रुपमा भर्चुअल करेन्सी /कृष्टाे करेन्सीले मान्यता नपाएकाे सन्दर्भमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ काराेबार गर्दा ठगिने, अवैधािनक तरिकाले रकम विदेशीने र स्वदेसी पूँजी पलायन हुने भएकाेले यस्ताे कार्य गरेमा कारबाही हुने जनाइसकेकाे छ । नेपाल राष्ट्र बैंककाे सूचना यसैबीच, आउँदो शनिबार माघ २२ गते लोफा (लिटरेसी अफ फाइनान्स फोर… पुरा पढौ

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं, २० माघ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । छनोट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएपछि १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । पाल्पा स्थायी ठेगाना भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख थिए । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको… पुरा पढौ

एक करोडको सुन लुकाएर ल्याउने तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं, २० माघ । मलद्वारभित्र झण्डै रु एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर… पुरा पढौ

राष्ट्र बैंकले माग्यो ७ लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंक ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ७ लाखभन्दा माथिको कारोबार गर्ने ग्राहकको विवरण मागेको छ । मंगलबार राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई पत्र पठाउँदै ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर–स्थलगत सुपरिवेक्षण गर्न विवरण मागेको हो । अनुगमन गर्नकै लागि राष्ट्र बैंकले… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

काठमाडौं, २० माघ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ दाबी भुक्तानी गरेको हो । यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक करोड ८६ लाख ३० हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।… पुरा पढौ

हवाई सुरक्षा र सेवा सुदृढीकरण प्राथमिकता : महानिर्देशक अधिकारी

काठमाडौं, २० माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका अधिकारीले आज बबरमहलस्थित प्राधिकरणको मुख्यालयमा पदभार ग्रहण गर्दै प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरबका आयोजनाको सिघ्र सञ्चालन तथा कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । निर्माण सम्पन्न भई सिघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने… पुरा पढौ

साताको अन्तिम दिन १४ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

काठमाडौं, २० माघ । साताको अन्तिम दिन सेयर बजार १४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ अंकमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ अंकले घटेको छ । साताको अन्तिम दिन ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । बिहीबार २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएको… पुरा पढौ

‘ग्रीन गोल्ड’ बेचेर आम्दानी गर्दै दंगाली किसान

देउखुरी, २० माघ । घोराही–७ की रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेकी छन् । उनलाई बाख्रा पाल्न सजिलो छ । हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाएको हुँदा बाख्रा पाल्न कुनै उनलाई कुनै असहज छैन । उनले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाई वस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री… पुरा पढौ