मुख्य समाचार

दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच सहमती

काठमाडौं, १८ माघ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बनाउन दुई पक्षीय सम्झौता भएको छ । मंगलबार पुल बनाउने परियोजनाबारे भारत र नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् । पुरा पढौ

पर्यटकीय हब बन्दै तनहुँसुरमा चौतारा, संरक्षणको पहल सुरू

दमौली, १८ माघ । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ । बीचमा रुखसहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो । स्थानियले साे क्षेत्र पर्यटकिय हब बन्नेमा शंका नभएकाे बताए । रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै आज बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी… पुरा पढौ

अध्यक्ष गोल्छा र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न माग

काठमाडौं, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्युन लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता थियो । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । पूर्वाधार, श्रम सम्बन्ध,… पुरा पढौ

पुँजीगत खर्च गर्नु भनेर बारम्बार दबाब दिनु राम्रो होइन : अर्थमन्त्री शर्मा

काठमाडौं, १८ माघ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताएका हुन् । ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारम्बार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन,’ उनले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर, खर्च गर्नुपर्छ भनेर दबाबको… पुरा पढौ

नेपाल राष्ट्र बैंक र आइएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारी भएको छ । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ । मंगलबार नवप्रवर्तन विधिको परीक्षण चरणका लागि आज गभर्नर महाप्रसाद… पुरा पढौ

राज्यको स्रोतमाथि लुट मच्चाउने र अराजक शैलीमा देश चलाउनेहरु बढेपछि राजनीतिप्रति निराशा बढ्यो

काठमाडौं, १८ माघ । नेपाली विशेषता प्रायः सार्वजनिक सेवाका उच्चपदस्थ सरकारी अधिकारीहरु आफू पदमा बहाल हुँदासम्म कुनै सिर्जनात्मक कार्यमा सिन्को भाँच्दैनन् । तर, प्रशासनको अनुभवको कतिपयले राजनीतिक आड र आसिर्वादमा आकर्षक संवैधानिक आयोग तथा भूमिकाको जिम्मेवारी तथा शीर्षस्थ नेतृत्वमा पुग्दछन् । प्रायः उच्च पदस्थ प्रशासकहरु जागिरबाट बाहिरिएपछि पनि राजनीतिक आडमा नियुक्तिको आशामा दुई/चार वर्ष चक्कर मार्दछन् र सत्ता, शक्तिमा भएका राजनीतिक दल तथा तिनका नेतृत्वलाई प्रभावित गरी अवसर लिन सकेमा सुशासनको नारा र आफू इमानदार भएको तथा अन्य कुशासनका मतियार… पुरा पढौ

मंगलबार स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १८ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने मिति आज अन्तिम रहेको छ । नबिल बैंकको स्वामित्वमा रहेको लघुवित्तको संस्थापक सेयर १ लाख ६२ हजार ४९८ कित्ता लिलामीमा विक्री खुला गरेको थियो । यस लिलामीमा सेयरमा आवेदकले आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् । सेयर न्यूनतम मूल्य ६५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन… पुरा पढौ

अजोड इन्स्योरेन्सको नाफा ४ करोड ६३ लाख, ९.१४ प्रतिशतले बढ्यो खुद बिमा शुल्क

काठमाडौं, १८ माघ । अजोड इन्स्योरेन्स कम्पनीले ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा १३.९१ प्रतिशत बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधीमा कम्पनीको नाफा ४ करोड ६ लाख ८३ हजार रुपैयाँ पुगेको थियो । कम्पनीको खुद बिमा शुल्क पनि बढेर २२ करोड ७७ लाख रुपैयाँ नाघेको छ । विवरणअनुसार कम्पनीको खुद बिमा शुल्क ९.१४… पुरा पढौ

सोनाम ल्होछारमा देशभर सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं, १८ माघ । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । पुरा पढौ

प्रि-ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १८ लाखको कारोबार

काठमाडौं, १८ माघ । साताको तेस्रो कारोबार सुरु हुनुअघि प्रि-ओपन सेसनमा नेप्से ३ अंकले बढेको छ । सोमबार १३.४८ अंक घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको नेप्से सूचक आज प्रि-ओपन सेसनमै ३.६८ अंक बढेर २ हजार ८७५.७४ बिन्दुमा प्रवेश गरेको हो भने सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंक बढेको छ । मंगलबार प्रि-ओपन सेसनमा १६ कम्पनीको १८ लाख ४४ हजार ३१९.९० रुपैयाँ बराबरको ३ हजार ५०२ कित्ता सेयर किनबेच भएको छ भने १० उपसमूहको सेयर बढेको छ भने ३ उपसमूहकोे सेयर… पुरा पढौ