मुख्य समाचार

९ करोड ८२ लाख लाभांश वितरण गर्दै किसान लघुवित्त

काठमाडौं, ३ माघ । किसान लघुवित्त वित्तीय संस्थाले पौने १० करोडभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनी सचिव नवराज पोखरेलका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय रुपैयाँको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । जसअनुसार बोनस सेयर २५ प्रतिशतबाट ९ करोड ८२… पुरा पढौ

नेको इन्सुरेन्सद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३ माघ । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको ४१७ औं बैठकले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरेर १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनस सेयर तथा नगद सेयर बिमा समितिको स्वीकृति एवं आगामी साधारणसभाबाट पारितपश्चात् वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जानकारी दिए । पुरा पढौ

एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच साझेदारी-मलेसियाबाट रकम पठाउन सकिने

काठमाडौं, ३ माघ । एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच ५० बढी देशहरुबाट नेपालमा रहेका बैंक तथा कुनै पनि स्थानमा रकम पठाउन सकिनेबारे साझेदारी भइरहेको छ । बैंकका अनुसार मलेसियाबाट वर्ल्डरेमिटमार्फत नेपालको कुनै पनि स्थानमा रहेको बैंक खातामा रकम पठाउन सकिने भएको छ । यसका बारेमा पनि साझेदारी कायम भएको छ । यसका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, न्युजिल्याण्ड, नर्वे, सिंगापुरलगायत ५० बढी देशकाे आफु बसेकै स्थानबाट रकम पठाउन सकिने भएको हाे । यस नयाँ साझेदारी… पुरा पढौ

उच्च पहाडी, हिमाली भू-भागमा हिमपातको संभावना

काठमाडाैं, ३ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०३ गते  दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी  प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च… पुरा पढौ

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालकाे आग्रह

काठमाडौं, ३ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी छन् । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताइन । उनले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य… पुरा पढौ

स्वस्थानी व्रत एवं माघस्नान घरघरमा सुरु

काठमाडौं, ३ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत… पुरा पढौ

चार कम्पनीको सेयर बेच्दै एनआइसी एसिया बैंक, ७ लाख ७७ हजार कित्ता बिक्रीका लागि आवेदन खुल्ला

काठमाडौं, २ पुस । एनआईसी एसिया बैंक लिमिटेडले चार कम्पनीको संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । आइतबार बैंकले सेयर लिलाम बढाबढ गरी आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको सेयर (माघ २–७ गते) सम्मका लागि बिक्री खुला गरेको हो । बैंकले मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता बिक्री गर्न लागेको हो । जसको मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ कायम गरेको छ । त्यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन लाख ६५ कित्ता बिक्री गर्न लागेको हो । सो… पुरा पढौ

भारतले एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न नेपालको आग्रह

काठमाडौं, २ माघ । नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेका हुन् । आइतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताए । सरकारको तीन बुँदे धारणा १. महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी… पुरा पढौ

सिनेमा, जिम हल, कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं, २ माघ । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा, जिम हल, कलेज तथा ट्युसन सेन्टरहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्र, जिम हल, कलेज तथा ट्युसन सेन्टरलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सञ्चारमन्त्री कार्कीका अनुसार ओमिक्रोन भेरिएन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने बताए । पुरा पढौ

२९२६ अंक पुग्यो नेप्से, साढे ९ अर्बको सेयर किनबेच

काठमाडौं, २ माघ । साताको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको सेयर बजार आइतबार भने उकालो लागेर नेप्से बिन्दु पनि २९ सयभन्दा माथि पुगेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर दुई हजार ९२६.७४ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.८१ अंकले बढेर ५४२.८३ बिन्दुमा प्रवेश गरेको हो । आज २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर… पुरा पढौ