मुख्य समाचार

प्रि-ओपनिङमा साढे ५ अंक बढ्यो नेप्से

काठमाडौं, ४ माघ । आज प्रि-ओपनिङमा सेयर बजार मापक नेप्से परिसूचक साढे ५ अंक बढेको छ । सोमबारको २०.६९ अंक बढेर दुई हजार ९४७.४४ विन्दुमा बन्द भएको नेप्से,आज प्रि-ओपनिङमै ५.६७ अंक बढेर दुई हजार ९५३.११ बिन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.९१ अंक बढेको छ । मंगलबार प्रि-ओपन सेसनमा १५ कम्पनीको २७ लाख ४४ हजार ७१३ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ६२७ कित्ता सेयर खरिदबिक्री भएको भएका छन् । पुरा पढौ

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ४ माघ । प्रिमियर इन्स्योरेन्सका सेयरधनीहरुले आज माघ ४ गते मंगलबारसम्म लाभांश सुरिक्षत गर्न सक्ने भएका छन् । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि माघ ५ गते बुक क्लोज हुने जनाएको छ । यसर्थ आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयरको कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । जस्मा १४.२५ प्रतिशत बोनस… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको संभावना

काठमाडाैं, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०४ गते  दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा… पुरा पढौ

मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भयाे : मुख्यमन्त्री राउत

जनकपुर, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए। “मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो… पुरा पढौ

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

धनुषा, ४ माघ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। पुरा पढौ

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न सिफारिस

काठमाडौं, ३ माघ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको निर्देशनमा गठित छानविन समितिले बतास समूहले धर्मशाला भाडामा लिएर महंगोमा होटल चलाएको भन्दै सम्झौता रद्द गर्न सिफारिस गरेको हो । छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले आज मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमार्फत् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई उक्त प्रतिवेदन बुझाएका छन् । पुरा पढौ

पुँजीगत खर्चको ग्राफ निराशाजनक, ६ महिनामा १३ प्रतिशत मात्रै खर्च

काठमाडौं, ३ माघ । नेपालमा पुँजीगत खर्चको ग्राफ सधैं कछुवा गतिमा हुने गर्छ । ७० प्रतिशतभन्दा माथि सरकारले कहिल्यै खर्च गर्न सकेको रेकर्ड देखिदैन । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पनि सरकारले १४ प्रतिशत पनि विकासे बजेट खर्च गरेको छैन । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालू आर्थिक वर्षमा तीन खर्ब ७८ अर्ब ९ करोड ७७ लाख खर्च गर्ने लक्ष्यअनुसार ६ महिनासम्म १३.४४ प्रतिशत अर्थात् ५० अर्ब ८० करोड ८० लाख मात्रै खर्च भएको छ । जसअनुसार सरकारले बाँकीको ६… पुरा पढौ

संघर्षशील पुष्पाको आशा लाग्दो भविष्य

पोखरा, ३ माघ । राज्यको नजर नपर्ने बस्ती । सहाराबिहीन परिवार । परिवेशले नै निर्धारण गरेको कालो अवस्था । त्यसै परिवारमा जन्मिएकी हुन्, पुष्पा दुरा । पुष्पाको कुनै बेला सुन्दर सपनामाथि ‘बादल’ घेरिरहेको जस्तै थियो भाग्य । जता जादाँ पनि ठक्कर । समाजबाट जे गर्दा पनि असहयोग, दमन, तिरस्कार । यो अवस्थाबाट उठ्न उनको परिवारले निकै संघर्ष गर्नुपर्‍यो । ‘मेहेनत गर्न चाहनेलाई मेहेनती मैदान नहुँदा उसले अन्तिममा भाग्यलाई दोष दिन्छ,’ भन्ने भनाई उनको परिवारमा लागू थियो । निरन्तरको संघर्षपछि बांगिएका… पुरा पढौ

पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिकाे काम सुरू, पश्चिम खण्डका रुख कटान गरिदैं

तनहुँ, ३ माघ । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो । पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको… पुरा पढौ

एभरेष्ट बैंकमा लगानीकाे अवसर, २ अर्बको ऋणपत्र खुल्याे

काठमाडौं, ३ माघ । एभरेष्ट बैंकले आजदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको २ अर्ब बराबरको “एभरेष्ट बैंक ऋणपत्र, २०८६” बिक्रीका लागि खुल्ला गरेको छ । सो ऋणपत्र ८ वर्षका लागि रहेको छ । प्रतिकित्ता १ हजार अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिएको हो । सो ऋणपत्रबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यसबाट ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको १ अर्ब २०… पुरा पढौ