मुख्य समाचार

पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

काठमाडौं, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा प्राविधिक गडबडी भएपछि काठमाडौं नै फर्काइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा प्राविधिक गडबडी आएपछि जहाज फर्किएको हो । अहिले प्राविधिक टोलीले जाँच गरिरहेको छ । जहाजमा रहेका एक जना यात्रुले भने आकाशमै हवाईजहाजको ढोका खुलेपछि आफूहरुलाई काठमाडौं विमानस्थलमै फर्काइएको बताउँछन् । काठमाडौंबाट उडेको करीब ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरि त्रिभुवन बिमानस्थलमै अवतरण गरेको यात्रुहरुले बताएका छन् । पुरा पढौ

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

काठमाडौं, २ माघ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे । गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी… पुरा पढौ

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

काठमाडौं, २ पुस । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार संग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा संग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको… पुरा पढौ

१३ प्रतिशत लाभांश पारित गर्दै कालिका लघुवित्तको बाह्रौं साधारण सभा सम्पन्न

पोखरा, २ माघ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले आ.व.०७७-०७८ को बितिय बिवरणहरू पारित गर्दै बाह्रौ साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार सम्पन्न बाह्रौ साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्ण बहादुर खाँणले गरेका थिए ।सभा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष कृष्ण बहादुर खाँणले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु लगायत १३ प्रतिशत… पुरा पढौ

आइएमएफद्वारा नेपाललाई ४६ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौं, २ माघ । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार आइएमएफले नेपाललाई २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४६ अर्ब ७० करोड ऋण शून्य ब्याज दरमा स्वीकृत गरेको हो । यो ऋण सहायतामध्ये १३ अर्ब रुपैयाँ पहिलो किस्ता वापत एक हप्ताभित्रै प्राप्त हुनेछ । बाँकी रकम किस्ता किस्तामा नेपाल आउने अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र… पुरा पढौ

आज कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८.३५ रुपैयाँ कायम भएको छ भने विक्रीदर ११८.९५ रुपैयाँ कायम भएको छ । आज युरोपियन युरोको एकको खरिददर १३५.६१ र विक्रीदर १३६.३० रुपैयाँ कायम भएको छ भने यूके पाउण्डको एकको खरिददर १६२.४९ र १६३.३१ रुपैयाँ विक्रीदर कायम भएको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.०६ रुपैयाँ कायम भएको छ भने विक्रीदर ८६.४९ कायम भएको छ… पुरा पढौ

सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाडौं, २ माघ । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्रीसहित अफ्गानस्थान प्रस्थान भएको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत् झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली अफ्गानका लागि उठेको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको बताए । सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयका प्रतिनिधिमार्फत् सामग्री हस्तान्तरण… पुरा पढौ

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भर्चुअल माध्यमबाट चेतना जगाइँदै

काठमाडौं, २ माघ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा… पुरा पढौ

पहाडी भू-भागमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

काठमाडाैं, २ माघ । देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०२ गते  दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।  राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। माघ ०३ गते  दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा… पुरा पढौ

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं, २ माघ । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिए । आज सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र… पुरा पढौ