मुख्य समाचार

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी हुँदै

काठमाडौं, ३० वैशाख । जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिनेछ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले आफ्नो… पुरा पढौ

न्यूयोर्कको म्यानह्याटनमा जेठ ३ गते ‘नेपाल डे परेड’

न्यूयोर्क (अमेरिका), ३० वैशाख । न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिनुभयो । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ । एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ–संस्थाहरुको संयुक्त आयोजनामा… पुरा पढौ

सांसद शाहीको आक्रोश : ‘यो सरकार हो कि आतंकवादी ?’

काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारले चालेका कतिपय कदमहरू 'आतंकवादी गतिविधि' सरह भएको गम्भीर आरोप लगाएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता शाहीले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी शैलीप्रति कडा आपत्ति जनाएका हुन्। मानवीयतामाथि प्रहार भएको दाबी नेता शाहीले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले मानवीय संवेदना गुमाएको तर्क गरे। "सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन?" भन्दै उनले प्रश्न… पुरा पढौ

संख्याको दम्भमा विधि नमिच्न सरकारलाई प्रचण्डको चेतावनी

काठमाडौं, २९ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले संख्याको दम्भमा लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रक्रियाको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै दाहालले सरकारलाई जनताको विश्वासको दुरुपयोग नगर्न र विधि सुदृढीकरणमा ध्यान दिन चेतावनी दिएका हुन्। संसद छलेर अध्यादेशको शासन दाहालले सरकारले संसद चालु रहेकै अवस्थामा त्यसलाई स्थगित गरी जनप्रतिनिधिको आवाज थुन्ने प्रयास गरेको आरोप लगाए। उनले भने, "आफैंले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरूलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु… पुरा पढौ

तीन दिनको बढोत्तरीपछि नेप्सेमा ब्रेक, झन्डै ४० अंकको गिरावट

काठमाडौं, २९ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। लगातार तीन कारोबार दिनसम्म उकालो लागेको बजारमा यस दिन भने ओरालो यात्रा तय भएको हो। परिसूचकमा गिरावट मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा ओर्लिएको छ। परिसूचका साथै अन्य मुख्य सूचकहरूमा पनि गिरावट देखिएको छ: सेन्सेटिभ इण्डेक्स: ५.१५ अंकले घट्यो। फ्लोट इण्डेक्स: २.५५ अंकले घट्यो। सेन्सेटिभ फ्लोट इण्डेक्स: १.८९ अंकको गिरावट। कारोबार रकममा भने वृद्धि बजार परिसूचक घटे पनि कारोबार रकममा… पुरा पढौ

सिटिजन लाइफको नाफामा सुधार, जीवन बीमा कोष ३६ प्रतिशतले बढ्यो

काठमाडौं, २९ वैशाख सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा र बीमा कोषको आकारमा सुधार देखिएको छ। नाफामा झिनो वृद्धि चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३५ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा ०.६७ प्रतिशतको झिनो वृद्धि हो। बीमा कोष र आम्दानीको अवस्था कम्पनीको जीवन बीमा कोषको आकारमा… पुरा पढौ

पुँजी बजारमा सीमित समूहको कब्जा, १५–१६ अर्ब रुपैयाँ अपचलन भएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं, २९ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा केही सीमित समूहले बजार म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अर्बौ‌ रुपैयाँ दुरुपयाेग गरेको गम्भीर आरोप लगाउनुभएको छ। मंगलबार व्यवस्थापिका संसद्को अर्थ समिति बैठकमा बोल्दै उहाँले निश्चित व्यक्तिहरूले जनताको १५ देखि १६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र त्यसकै आडमा राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको बताउनुभयो। वित्तीय संस्थामा 'कब्जा' र राजनीतिक सेटिङ अर्थमन्त्री वाग्लेले विगत केही वर्षदेखि वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित समूहको कब्जामा गएको कटु यथार्थलाई स्वीकार… पुरा पढौ

शिवम् सिमेन्ट्सको नाफामा ५४.५९ प्रतिशतको छलाङ्ग

काठमाडौं, २९ वैशाख। निर्माण क्षेत्रमा छाएको सुस्तताका बीच पनि शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीको बिक्री आम्दानीमा केही गिरावट आए पनि खुद नाफामा भने उल्लेख्य सुधार देखिएको हो। खुद नाफामा ५४ प्रतिशतको वृद्धि कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कम्पनीले ६१ करोड ९१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.५९ प्रतिशत… पुरा पढौ

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थमन्त्रालय

गण्डकी, २९ वैशाख। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस हुने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताउनुभयो । “प्रि-बजेट छलफल भइरहेको छ । जिल्ला तहमा पुगेर स्थानीय तहका जनप्रतिनिधिसँग बजेटमा सुझाव तथा परामर्श लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बजेट निर्माणका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाएको छ… पुरा पढौ

निःशुल्क वाटर बुथमा राखिएको पानीको दुरुपयोग निगरानी

काठमाडौं, २९ वैशाख। निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार कामपाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय आठ वटा निःशुल्क वाटर… पुरा पढौ