मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २९ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम… पुरा पढौ

नौ महिनामा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब बचत

काठमाडौं, २८ वैशाख। चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज चालु आवको नौ महिनाको विवरण सार्वजनिक गरेको थियो । सो विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता छ… पुरा पढौ

सिइओ पाण्डेको राजीनामा हल्ला मात्रै, भ्रममा नपर्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आग्रह

काठमाडौं, २८ वैशाख। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) का प्रमुख कार्यकारी अधिकृत (CEO) ज्योति प्रकाश पाण्डेले राजीनामा दिएको भनी बाहिरिएका समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिइओ पाण्डेको राजीनामासम्बन्धी समाचारहरू भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको छ। विज्ञप्तिका मुख्य बुँदाहरू: जिम्मेवारीमा सक्रिय: सिइओ ज्योति प्रकाश पाण्डे बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा आफ्नो जिम्मेवारी अनुसार नै सक्रिय रहनुभएको बैंकले जानकारी दिएको छ। पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह: बैंकले कुनै पनि… पुरा पढौ

राष्ट्रपतिबाट आव २०८३/८४ को नीति-कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं, २८ वैशाख । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएकाे थियाे । वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रमकाे पूर्णपाठ यहाँ छ 639141175954728317-niti-karyakramDownload पुरा पढौ

सुरक्षा क्षेत्रमा प्रविधिको फड्को: ड्रोन र नाइटभिजन क्यामेराबाट निगरानी गरिने

काठमाडौं, २८ वैशाख। सरकारले मुलुकको आन्तरिक सुरक्षा र सीमा व्यवस्थापनलाई थप सुदृढ बनाउन आधुनिक प्रविधिको प्रयोगलाई व्यापक बनाउने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आपराधिक गतिविधि नियन्त्रणका लागि ड्रोन र नाइटभिजन क्यामेरा परिचालन गर्ने योजना अघि सारिएको हो। सरकारले लिएका मुख्य सुरक्षा नीतिहरू यस प्रकार छन्: १. प्रविधिमैत्री सीमा व्यवस्थापन सीमा नाकाहरूबाट हुने अवैध गतिविधि रोक्न सरकारले 'फेसियल रिकग्निसन' (अनुहार पहिचान) प्रणाली जडान गर्ने भएको छ। यसका साथै: एकीकृत… पुरा पढौ

नीति तथा कार्यक्रम: स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

काठमाडौं, २८ वैशाख। सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुच सुनिश्चत गरिने छ । सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख… पुरा पढौ

नीति तथा कार्यक्रम-महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

काठमाडौं, २८ वैशाख। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ । आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ । नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको… पुरा पढौ

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं, २८ वैशाख । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभयो । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन जारी छ । संसद् भवन परिसरमा राष्ट्रपतिलाई सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभएको थियो । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको… पुरा पढौ

लघुवित्तको नाफा उत्साहजनक : ९ महिनामा कमाए ५ अर्ब ३७ करोड, छिमेक लघुवित्त अग्रस्थानमा

काठमाडौं, २८ वैशाख। नेपालका ३२ वटा लघुवित्त वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक रिपोर्ट अनुसार लघुवित्त क्षेत्रको समग्र नाफामा गत वर्षको तुलनामा ३०.७७ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। नाफाको समग्र अवस्था चालु आर्थिक वर्षको ९ महिनामा यी ३२ संस्थाहरूले कुल ५ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ११ करोड रुपैयाँ मात्र रहेको थियो। सुधारका मुख्य कारणहरू: खुद… पुरा पढौ

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा, २८ वैशाख । प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र… पुरा पढौ