मुख्य समाचार

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ वैशाख। बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले निष्काशन गरेको शतप्रतिशत (१:१ अनुपात) हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि बिक्री खुला गरेको यो हकप्रदमा योग्य शेयरधनीहरूले आज बैंकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन्। निष्काशन सम्बन्धी विवरण कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कुल कित्ता: ४०,००,००० (४० लाख) कित्ता अंकित मूल्य: १०० रुपैयाँ प्रतिशेयर कुल… पुरा पढौ

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ वैशाख। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत बैशाख २३ गतेदेखि बिक्री खुला गरेको यो आईपीओमा लगानीकर्ताले बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ। शेयर निष्काशन विवरण कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये: स्थानिय बासिन्दा: १२ लाख कित्ता (बाँडफाँट भइसकेको) वैदेशिक रोजगारीमा रहेका… पुरा पढौ

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौं, २८ वैशाख। सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ । आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा… पुरा पढौ

ऊर्जा क्षेत्रलाई अर्थतन्त्र हाँक्ने मुख्य आधार बनाइनेछ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं, २८ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ऊर्जा क्षेत्रलाई अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख क्षेत्रका रूपमा विकास गर्न लागेको बताउनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सँगको भेटमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गर्न पुगेको इप्पानको टोलीसँग अर्थमन्त्रीले ऊर्जा क्षेत्रको बढ्दो योगदानलाई कदर गर्दै सरकारले यसलाई विशेष प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो। "सरकार ऊर्जा क्षेत्रलाई अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति बनाउँदैछ, यसमा निजी क्षेत्रको… पुरा पढौ

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

काठमाडौं, २८ वैशाख। टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।” उहाँका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’… पुरा पढौ

परिसंघद्वारा अर्थमन्त्रीलाई सुझाव पेश: १० वर्षसम्म नीति फेर्न नपाइने माग

काठमाडौं, २७ वैशाख । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष विस्तृत सुझाव पेश गरेको छ। निजी क्षेत्रलाई विकासको मुख्य इन्जिनका रूपमा स्वीकार गर्दै उद्योग विस्तार र लगानी वृद्धिमा केन्द्रित बजेट ल्याउन परिसंघले सरकारको ध्यानाकर्षण गराएको हो। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थमन्त्रीलाई सुझाव बुझाउँदै आय आर्जन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो। "यी सुझावहरूको कार्यान्वयनले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना र लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनेछ," अध्यक्ष पाण्डेले… पुरा पढौ

‘मूल्य पारदर्शिता सप्ताह’ सफल बनाउन महासंघको आह्वान

काठमाडौं, २७ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले सरकारद्वारा घोषणा गरिएको 'मूल्य पारदर्शिता सप्ताह' लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा यो सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यवद्धता जनाएको हो। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान कोसेढुङ्गा सावित… पुरा पढौ

छिमेक लघुवित्तको नाफा बढ्याे, वितरणयोग्य नाफा करिब २ अर्ब

काठमाडौं, २६ वैशाख । नेपालको अग्रणी लघुवित्त संस्था छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बजारमा लघुवित्त क्षेत्रमा देखिएको दबाबका बीच पनि संस्थाले आफ्नो नाफा र व्यवसाय विस्तारमा सुधार कायम राखेको छ। नाफा र सञ्चालन आम्दानीमा सुधार लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको (८५ करोड ३५ लाख रुपैयाँ)… पुरा पढौ

निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट

काठमाडौं, २६ वैशाख । नेपाली लघुवित्त क्षेत्रको अग्रणी संस्था मानिने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) को वित्तीय अवस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा निकै कमजोर देखिएको छ। संस्थाले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, खुद नाफामा ६७.७५ प्रतिशतको भारी गिरावट आएको छ। नाफामा भारी संकुचन गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा मात्र १५ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २७ वैशाख। आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ । अमेरिकी डलर र युरोपियन युरोको विनिमयदर शनिबार पनि आजकै जति थियो । त्यसैगरी आजको युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर… पुरा पढौ