मुख्य समाचार

जडीबुटीका बिरुवा निःशुल्क वितरण

काठमाडौं, ४ मङ्सिर । औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जाेका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ । पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा निःशुल्करुपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लागेका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले जडीबुटीका बिरुवा वितरण गरेका हुन । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लगायतलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो । अभियानकर्मी राजलवटले नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि गुर्जोलगायत जडीबुटीका बिरुवा र गुर्जोलगायत जडीबुटीबाट बनेको चियाका पोका… पुरा पढौ

बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ

काठमाडौं, ४ मंसिर ।नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम रु ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए… पुरा पढौ

प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो

काठमाडौ, ४ मङ्सिर । नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उनका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी… पुरा पढौ

१०औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ-सचिव गुरुङ

गण्डकी, ३ मंसिर। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले पार्टीको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीको आठौं अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई थप सङ्गठित एवम् सशक्त बनाउन आशन्न महाधिवेशन सफल बन्ने बताए । पेशागत मर्यादालाई प्रत्येक सञ्चारकर्मीले आत्मसात गर्दै मिसन पत्रकारितालाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । मुलुकमा राजनैतिक अपराधिकरण वढिरहेको बताउँदै सचिव गुरुङले त्यसको सञ्चारकर्र्मीले भण्डाफोर गर्नुपर्नेमा जोड दिए।… पुरा पढौ

एनएमबि बैंकले पायो ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति

काठमाडाैं, ३ मंसिर । एनएमबि बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हुनेछ भने यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्।  बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नेछ । बाँकी २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत रुपमा बिक्रि गरिने बैंकले जनाएको छ ।  एनएमबीको यो ऋणपत्रको… पुरा पढौ

गुणस्तरीय ‘ई-कमर्श’ को प्रबर्धन आवश्यक: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताए । उनले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दोरुपमा प्रविधिमैत्री बनाउन सुझाव दिए। विस्तारै बढ्दै गरेको… पुरा पढौ

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं, ३ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)को ३० औँ साधारणसभाको आज काठमाडौँमा उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन । मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले ‘भिजन पेपर’ को तयारी अघि बढाएको जानकारी दिदैं अर्थतन्त्रको तीन खम्बे नीतिमा… पुरा पढौ

एमाले महाधिवेशन : मतदानकै दिन मतपरिणाम

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छाैं, उनले भने, “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।” आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ ।… पुरा पढौ

नेपाल-बङ्गलादेश पर्यटन प्रवर्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण सम्पन्न

पोखरा, ३ मंसिर । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण सम्पन्न भएको हो । सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश… पुरा पढौ

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौं, ३ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोकेका छन् । उनले आफ्ना लागि कुनै पनि इजलास तोकेका थिएनन्। पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । कुनै पनि इजलासमा सुनुवाइ भने शुरु भएको छैन । प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोट) ले बिहीबार गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले… पुरा पढौ