मुख्य समाचार

घट्याे सुनचाँदीकाे भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ३ मंसिर । साताको काराेबार हुने छैटौं दिन शुक्रबार सुनचाँदीको भाउ सामान्य ओरालो लागेको छ । सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा… पुरा पढौ

आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडाैं, ३ मङ्सिर । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा… पुरा पढौ

कांग्रेसका दोस्रो पुस्ताका नेताको चेतावनी, ‘प्रहरी लगाएर अधिवेशन सम्पन्न भएको घोषणा नगरियोस्’

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन लक्षित छलफललाई सहभागी नेताहरूले ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ नाम दिएका छन् । अभियानको संयोजन संविधानसभा सदस्य एवं कांग्रेस नेता रञ्जीत कर्णले गरिरहेका छन् । छलफलमा सहभागीहरू अधिकांश संस्थापन इतरका नेताहरू छन् । काठमाडौंमा चरणबद्ध छलफलमा रहेका नेताहरूले १४औं महाधिवेशनमा आफ्नो ‘स्पेस’ सुरक्षित गर्नेतर्फ केन्द्रित भएको पनि पाइएको छ । अभियानको संयोजन गरिरहेका नेता रञ्जीत कर्णले नेपाली कांग्रेसको सुद्धिकरणका लागि आफूहरू छलफलमा… पुरा पढौ

‘आईएमई डबलको डबल अफरले चम्कियाे दाेलखाका जीवेश दाहालकाे भाग्य

काठमाडौं, ३ मङ्सिर । दोलखाको वैतेश्वर गाउँपालिका–३ मैनापोखरीका जीवेश दाहाल संयुक्त अरब इमिरेटमा काम गर्छन् । देशभित्र रोजगारीको अवसर नपाएपछि विदेशिनु भएका दाहालले आईएमई मार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाए । उनका लागि यो नियमित प्रक्रिया जस्तै थियो । दुःख गरेर कमाएको पैसा सहजै घर परिवारमा पुगोस् भन्ने मात्रै चाहना थियो । आईएमईले हरेक वर्षजस्तै यसवर्षको चाडपर्वका अवसरमा समेत ‘आईएमई डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । सोही क्रममा आईएमईले प्रविधिमा आधारित ‘लक्की ड्र’ ग¥यो ।… पुरा पढौ

एमाले महाधिवेशनमा साढे ७ करोड खर्च हुने, बन्दसत्र सौराहाको सेभेन स्टारमा

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका हुन । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ । सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको… पुरा पढौ

गुरु नानकको अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गर्नुभएको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन् । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा… पुरा पढौ

प्रेस चौतारी कास्कीको अधिवेशन आज

पोखरा, ३ मंसिर । प्रेस चौतारी नेपाल कास्कीको आज पाेखरामा आठौँ अधिवेशन हुँदैछ । अधिवेशनकाे नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । अधिवेशनको तयारीका लागि बिहिबार भएको कार्यसमिति बैठकमा सहभागी हुँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले कास्कीले अरु ७६ जिल्लालाई नै सकारात्मक सन्देश दिनेगरी अधिवेशन सम्पन्न गर्न सुझाव दिए । “अहिलेको अवस्थामा कास्कीबाट जाने सन्देश सकारात्मक हुनुपर्छ” उनले भने “त्यसका लागि तपाईँहरु सबै उत्तिकै जिम्मेवाररुपले अघि… पुरा पढौ

कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आयोगकाे आग्रह

काठमाडौं, २ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरिएको छ । “कानून व्यवसायीबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनविपरीतको… पुरा पढौ

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

चितवन, २ मङ्सिर । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षकमञ्च निर्माण गरिने जनाइएको छ । उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छाै ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुने छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा… पुरा पढौ

काठमाडौं-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौं, २ मङ्सिर । मङ्सिरकोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिए भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे। यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई… पुरा पढौ