मुख्य समाचार

कोभिड-१९ ले असरसंगै पाठ पनि सिकायो : मन्त्री बुढा(भिडियाे)

पोखरा ४ मंसिर । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले कृषिको आधुनिकतामा जोड दिनुपर्ने बताएका छन् । साथै उनले काेभिड १९ ले नकारात्मक असरसंगै काम गर्ने अवसर पनि जुराएकाे बताए । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कोभिड १९ ले कृषि तथा खाद्य, शिक्षा र अनौपचारिक क्षेत्रमा पारेको प्रभाव सम्बन्धी संवाद कार्यक्रममा बोल्दै मन्त्री बुढाले भूमि ऐन सम्बन्धि असपष्ट नीतिका कारण केहि समस्या हुँदा उत्पादकत्व वृद्धि हुन नसकेको बताए ।… पुरा पढौ

चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

काठमाडौं, ४ मङ्सिर । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराए । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान… पुरा पढौ

जान्बी परिक्षामा पहिलो भए कामना सेवा विकास बैंकका कर्मचारी भण्डारी

काठमाडौं, ४ मंसिर । कामना सेवा विकास बैंकका कर्मचारी निरञ्जन भण्डारी प्रोफेसनल बैंकिङ सर्टिफिकेसन कोर्ष जान्बी परिक्षामा पहिलाे स्थान प्राप्त गर्न सफल भएका छन् । बैंकको इन्टरनेशनल अडिट एण्ड कम्प्लायन्सका प्रमुख भण्डारीले सन् २०१९ डिसेम्बरमा भएको परिक्षामा पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन । गएको मंसिर २ गते काठमाडौंमा आयोजना गरिएको जान्बी तथा क्यान्बीको छैंठौं र चौथो वार्षिक उत्सवमा भण्डारीलाई सम्मान गरिएको जनाईएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भण्डारीलाई सो अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा एनबीआईका… पुरा पढौ

पर्यटन केन्द्रित हुँदै १३ औं चितवन महोत्सव

चितवन, ४ मङ्सिर । तेह्रौं संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा… पुरा पढौ

कैलारी गाउँपालिकामा किसानलाई गहुँको बीउ वितरण

गोदावरी, ४ मङ्सिर । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ । बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो ।… पुरा पढौ

एम्बुलेन्स किन्न प्रवासीले पठाएको रू २८ लाख फिर्ता

बागलुङ, ४ मङ्सिर । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त हुनुभएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ ।… पुरा पढौ

काभ्रेको नमोबुद्धमा बौद्ध धर्मावलम्बीको घुइँचो

काभ्रेपलाञ्चोक, ४ मङ्सिर : बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा आज ठूलो मेला लागेको छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । बिहीबारदेखि लागेको मेलामा शनिबार बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन–पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएरातभरि नमोबुद्धमा मेला… पुरा पढौ

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पर्वत ४ मङ्सिर । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको सांसद पदम गिरीले उद्घाटन गरे । सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए । उनले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत बताए । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा… पुरा पढौ

कांग्रेस निर्वाचन मत परिणाम : इलाम प्रदेश–२ सभापतिमा चौहान

काठमाडाैं, ४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनी २२९ मतसहित विजयी बने । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरे । त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बने । उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरे । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भए । उनीहरुले क्रमशः २६७ र २२४ मत… पुरा पढौ

नागरिकका लागि ६ करोड खोप आउँदै : मन्त्री खतिवडा

भक्तपुर, ४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् । मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताए । मन्त्री खतिवडाले भने, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छाैं, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ… पुरा पढौ