मुख्य समाचार

राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौं, २३ कात्तिक । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन्। नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ मा कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चारवर्षे कार्यकाल समाप्त हुँदैछ । पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया… पुरा पढौ

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा २९७.७८ प्रतिशत बृद्धि

काठमाडौं, २३ कात्तिक । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा नाफामा बृद्धि गरेको छ । संस्थाको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार संस्थाले गत वर्षको सोहि अवधिकोभन्दा नाफामा बृद्धि गरेको हाे । यस आर्थिक वर्षकाे असोज महिनासम्म मेरोमाइक्रोफाइनान्स लघुवित्तले १२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ । यो गएको वर्षको सोहि अवधिकोभन्दा २९७.७८ प्रतिशत बढी हो । गत वर्ष संस्थाले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी र… पुरा पढौ

कति हाेला नेपाल बंगलादेश बैंकका सीईओ र संचालकहरूकाे वार्षिक तलब भत्ता ?

काठमाडौं, २३ कात्तिक । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् । ढुंगाना वाणिज्य बैंकका प्रमखु कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत हुन् । बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । अघिल्ला दुई वर्षसम्म… पुरा पढौ

बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौं : समिति

काठमाडौं, २३ कात्तिक । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो । समितिमा बिमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बिमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेश गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बिमालेख तयार गर्ने… पुरा पढौ

लक्ष्य भन्दा दोब्बर बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

सिन्धुपाल्चोक, २३ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताए । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् ।मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’ यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण… पुरा पढौ

सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

काठमाडौं, २४ कात्तिक । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम… पुरा पढौ

सकलदर्जालाई रु २५ लाखसम्मको सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना

काठमाडौं, २३ कात्तिक । नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।… पुरा पढौ

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले… पुरा पढौ

स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौं : अध्यक्ष ओली

मोरङ, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको… पुरा पढौ

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन हटाउने

क्वालालम्पुर, २३ कार्तिक । मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (VTL) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले बताएका छन्। मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो। "दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय… पुरा पढौ