मुख्य समाचार

राष्ट्रिय जनगणनाको १२औं शृङ्खलाकाे मुख्य गणना बिहिबारबाट सुरु

काठमाडौं, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब… पुरा पढौ

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

काठमाडौं, २४ कात्तिक । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन आग्रह पनि गरेको छ । बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा… पुरा पढौ

तरलता व्यवस्थापनका लागी २० अर्बकाे रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबार १४ दिन अवधिको २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । बोलकबोलमा… पुरा पढौ

आँधिखोला लघुवित्तको नाफामा ४१.४३ प्रतिशतले बृद्धि

काठमाडौं, २४ कात्तिक । आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार देखिएको छ । लघुवित्तको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले संस्थाको नाफामा सुधार भएको देखिएको हो । संस्थाले यस अवधिमा ९३ लाख ४४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४१.४३ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा यहि अवधिमा ६६ लाख ६ हजार रुपैयाँ रहेको थियो । लघुवित्तको संचालन मुनाफा पनि बढेको छ । यो बढेर ९६ लाख… पुरा पढौ

बढ्यो सुनको भाउ, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं, २४ कात्तिक । साताको कारोबार हुने चौथो दिन नेपालीमा बजारमा सुनको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए। अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे। उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको… पुरा पढौ

आज शेयर बजार बन्द, छठ पर्वकाे सार्वजनिक बिदा

कठमाडौं, २४ कात्तिक । साताको चौथो दिन बुधबार आज शेयर बजार बन्द रहेको छ । यसदिन महत्वपूर्ण पर्व छठ परेकोले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । पर्व विशेष सार्वजनिक बिदाका कारण शेयर बजारमा कारोबार बन्द भएको हो । शेयर बजार बिहिबार पूर्वान्ह ११ बजे खुल्ने भएको छ । मंगलबार नेप्से परिसूचक ७९.७९ अंकले घटेको थियो । यसरी घटेको नेप्से २७४९‍‍‍‍‌‌‌‌.८६ विन्दुमा पुगेर रोकिएको थियो । सो दिन ६ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबारको आधारमा… पुरा पढौ

जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २४ कात्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा… पुरा पढौ

बैंकर्स संघको नयाँ कार्यसमिति : अध्यक्षमा उपाध्याय, उपाध्यक्षमा केसी

काठमाडौं, २४ कात्तिक । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकतृ अनिल उपाध्याय चयन भएका छन् । संघको उपाध्यक्षमा भने सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यक्षमा अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको… पुरा पढौ

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान… पुरा पढौ