मुख्य समाचार

सौर्य एयरलायन्सले विराटनगर-भैरहवा सीधा हवाई उडान गर्ने

झापा, १८ कात्तिक । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए। विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई… पुरा पढौ

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १८ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए। नेपाली साहित्यमा आधुनिक महाकाव्य… पुरा पढौ

तिहारको तेस्रो दिन आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरीदैं

काठमाडौं, १८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि… पुरा पढौ

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

काठमाडौं, १७ कात्तिक । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए। “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरताअन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उनले भने, “यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई… पुरा पढौ

स्मार्ट च्वाइस टेक्नोलोजिजकाे अध्यक्षमा पोखरेल नियुक्त

काठमाडौं, १७ कार्तिक । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल चयन भएका छन । यही कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । आज नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा.नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता,… पुरा पढौ

अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण

चितवन, १७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन उद्घाटनस्थलको निरीक्षण गरेका छन् । आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उनले जिज्ञासा राखेका थिए । सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष… पुरा पढौ

नेप्से ५.२२ अंकले बढ्दा ०.५२ अंकले घट्यो सेन्सेटिभ इण्डेक्स

काठमाडौं, १७ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से ५.२२ अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा उक्लेको छ । नेप्से ०.१८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ । कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२… पुरा पढौ

एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको छ । उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।… पुरा पढौ

आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा महत

फुङ्लिङ, १८ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।” अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति… पुरा पढौ

गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण

बैतडी, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन्। सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी आज त्यहाँ गएका हुन् । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो । निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन… पुरा पढौ