मुख्य समाचार

छायो तिहारको मुखैमा नेप्सेमा हरियाली, कारोबारमा महालक्ष्मी विकास बैंक अब्बल

कठमाडौं, १६ कात्तिक । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा हरियाली फर्किएको छ । सांस्कृतिक पर्व तिहार आरम्भको दिनको रुपमा लिईने धनतेरसको दिन शेयर बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह थपिएको छ । अघिल्ला ६ दिन नेप्सेमा लगातार बृद्धि हुँदा हिजो भने दोहोरो अंकले घटेको थियो । यो अवधिमा विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपय कम्पनीहरुले यस आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसले शेयर बजारलाई उकालोतिर लैजाने आँकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज… पुरा पढौ

सामलिङ्ग पावरले गर्याे साधारण शेयरको बाँडफाँड

काठमाडौं, १६ कार्तिक । सामलिङ्ग पावरको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयर बाँडफाँड गरिएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको ७३०००० कित्ता शेयर मध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६७८९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको आज कार्तिक १६ गते बाँडफाँड गरिएको हो । कम्पनीले २०७८ कार्तिक ४ गते देखि… पुरा पढौ

निरन्तर उकालो लाग्दै सुनचाँदीको भाउ

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको कारोबार हुने तेश्रो दिन मंगलबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

विषादीरहित तरकारी खेतीका लागि सीप सिक्दै किसान

नुवाकोट, १६ कात्तिक । “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पार्थाे । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भने, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।” मुलुकका ६० भन्दा बढी जिल्लाका ४ सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन्… पुरा पढौ

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्कियो जहाज

नेपालगञ्ज, १६ कात्तिक । हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालकदलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका… पुरा पढौ

हिमाल आरोहणमा गएका ३ फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु, १६ कात्तिक । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरु ८ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । बेपत्ताको… पुरा पढौ

आज धनतेरस मनाइँदै

महोत्तरी, १६ कात्तिक । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज बिहान ९ बजेअघि… पुरा पढौ

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य-प्रम देउवा

ग्लास्गो, स्कटल्याण्ड, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । यहाँ भइरहेको जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको र हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व… पुरा पढौ

यम पञ्चक (तिहार) शुरु, बेलुकी यमदीपदान

काठमाडौं, १६ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । बुधबार बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग… पुरा पढौ

व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा चुनौती

काठमाडौं, १६ कात्तिक । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताएका छन् । महासङ्घ एसोसिएट सदस्य समन्वय कार्य समितिको दसौँ साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासङ्घ सङ्घर्षमा उत्रने बताए । खरिद ऐन संशोधनको अन्तिम प्रक्रियमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासङ्घ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए । महासङ्घका सल्लाहकार तथा पूर्वाध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित… पुरा पढौ