मुख्य समाचार

मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

काठमाडौं, २१ असोज । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्यु दर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य बनाउनका लागि… पुरा पढौ

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारी छ । उनको शव बिहान ७ः०० बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिए।… पुरा पढौ

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

मनाङ, २१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरे । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराए । सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पु¥याएको थियो । सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी… पुरा पढौ

विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदै

स्टकहोम, २१ असोज । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार:- २०२० : लुइस ग्लक (अमेरिका) २०१९ : पिटर ह्यान्डके (अस्ट्रिया) २०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड) २०१७ : काजुओ इशिगुरो (बेलायत) २०१६ : स्ब डिलन (अमेरिका) २०१५ : स्वेतलाना अलेक्विच (बेलारूस) २०१४ : प्याट्रिक मोडियानो (फ्रान्स) २०१३ : एलिस मुनरो (क्यानाडा) २०१२ : मो यान (चीन) २०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन) २०१०… पुरा पढौ

सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

काठमाडाैं, २१ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा रहेका छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि… पुरा पढौ

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण गरियाे

काठमाडौं, २१ असोज । मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँच, पाँच सय तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी… पुरा पढौ

लाभांश वितरणको प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले कार्तिक २६ मा बोलायो साधारण सभा

काठमाडौं, २१ असोज । माछापुच्छ्रे बैंकले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि कार्तिक २६ गते २३ औं साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरिएको १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । बैंकको साधारण सभा पोखरा पार्दिस्थित होटल ग्राण्डमा बोलाईएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले बैंकको साधारण सभा अनलाइनमार्फत हुनेछ । पूर्वान्ह ११ वजे शुरु हुने साधारण सभाका लागि बैंकले शेयरधनीहरुलाई जुम आईडी र… पुरा पढौ

पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन वीरगञ्जमा

वीरगञ्ज, २१ असोज मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक सम्मेलन गर्न लागिएको हो । सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिइन । सम्मेलनमा विविध… पुरा पढौ

नेपालीको महान् पर्व बडादशैं सुरु-घटस्थापनाको साइत आज ११ः४६ बजे

काठमाडौं, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत… पुरा पढौ

दशैं बिदामा चार घण्टा सर्वोच्च अदालत खुल्ने

काठमाडौं, २१ असोज । सर्वोच्च अदालतले दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दशैं पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो । सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठकले दशैं पर्वका अवसरमा… पुरा पढौ