मुख्य समाचार

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

लण्डन, १५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भएका छन् । उनीसँग बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरे । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाएको भेटमा… पुरा पढौ

जी-२० राष्ट्रहरू १.५ डिग्री जलवायु परिवर्तन लक्ष्यमा सहमत

रोम, १५ कात्तिक । जी–२० राष्ट्रका नेताहरूले विश्व तापमानलाई पूर्व–औद्योगिक स्तर भन्दा कम १.५ डिग्रीमा सीमित गर्ने सहमतिमा पुगेका छन् । शिखर वार्तालाई नजिकबाट नियालेका तीन स्रोतहरूले आइतबार एएफपीलाई उक्त कुरा बताएका छन् । स्रोतहरूले दिएको जानकारीअनुसार ती नेताहरूले २०१५ को पेरिस सम्झौतामा सहमति भएको भन्दा बाहिर जाने विषयलाई अनुमोदन गरेका छन् । जसले ग्लोबल वार्मिङलाई २ डिग्री भन्दा कम १.५ डिग्रीको नजिकमा राख्न आह्वान गरेका छन् । पुरा पढौ

जन्मदर्ता गर्दा घुस लिने वडाध्यक्ष र कर्मचारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, १५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट रु १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो । जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ । आयोगले आरोपीलाई बिगोबमोजिमको कारवाहीको माग गरेको छ । पुरा पढौ

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान

काठमाडौं, १४ कात्तिक । काठमाडौ‌ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई आज आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरे । बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको… पुरा पढौ

आर्थिक विकासका लागि राजनीतिक स्थिरता अपरिहार्यः सिएनआई

काठमाडौं, १४ कात्तिक । उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ। सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए। उनले भने, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या… पुरा पढौ

नेप्सेमा छायो हरियाली, सूचकहरुसंगै कारोबार रकममा बृद्धि

काठमाडौं, १४ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । सूचकहरुकासाथै कारोबार रकममा पनि बृद्धि भएको छ । पछिल्लो सातादेखि शेयर बजारको यात्रा उकालोतिर लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा उक्लेको छ । नेप्से १.९९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेकाे छ । कुल २३२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३८… पुरा पढौ

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौं : राष्ट्रपति भण्डारी

सिद्धार्थनगर, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । उनले भनिन्, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।” आज लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भनिन्, “गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म… पुरा पढौ

महानगरपालिकामा कर ई-सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडाैं, १४ कात्तिक । काठमाडाैं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवा एकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ । यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत… पुरा पढौ

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको केन्द्रीय अध्यक्षमा कायस्थ चयन

काठमाडौं, १४ कार्तिक । राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले  लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंमा भएको केन्द्रीय सभा पछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र के.सी.ले बताए । कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी. कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा संझना श्रेष्ठ,विश्वनाथ ओझा,गोपालप्रसाद निरौला,सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहेका छन् । नवनिर्वाचित अध्यक्ष… पुरा पढौ

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

लण्डन, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् । नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे। यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका… पुरा पढौ