मुख्य समाचार

महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं, २२ वैशाख। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। महासंघको विधानअनुसार नयाँ नेतृत्वका लागि आज बिहानैदेखि मतदान कार्य अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षबाट श्रेष्ठको 'पदोन्नति' महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही प्रावधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी तीन वर्षे कार्यकालका लागि महासंघको नेतृत्व सम्हाल्ने निश्चित भएको छ। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले… पुरा पढौ

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ वैशाख । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आफ्नो जारी पूँजीको एक हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन प्रक्रिया सुरु गरेको हो। शेयर निष्काशनको विस्तृत विवरण कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत (अर्थात् ७ लाख ९० हजार कित्ता) शेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये: कुल निष्काशन: ७ लाख ९० हजार कित्ता (७ करोड ९०… पुरा पढौ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज (पर्सा), २२ वैशाख । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ । भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन । गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो… पुरा पढौ

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फ व्यवसाय चलायमान

देवदह (रुपन्देही), २२ वैशाख। सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन् । जसका कारण नेपालतर्फका व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि सुनौली नाका क्षेत्रको नेपालतर्फका व्यापारी एवं व्यवसायीहरुले खुसी व्यक्त गर्दै यस क्षेत्रको व्यवसायमा चलहपहल बढेको बताएका हुन् । यसबाट नेपालको राजस्व बढ्नुका साथै… पुरा पढौ

याम्बालिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २२ वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले बैशाख १६ गतेदेखि शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरिसकेकाे छ । कम्पनीले दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीका अनुसार २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका… पुरा पढौ

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २२ बैशाख । सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) को लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले आगामी साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् बैशाख २३ गते 'बुकक्लोज' गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। नेप्सेमा आजसम्म कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने र साधारण सभामा सहभागी हुन पाउनेछन्। साधारण सभाको मुख्य एजेण्डाहरू: कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आगामी जेठ ६ गते, बुधबार काठमाडौँको प्रदर्शनीमार्गस्थित… पुरा पढौ

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

दाङ, २२ वैशाख। घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ । उहाँले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गर्नुभएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै तरकारी । व्यावसायिक… पुरा पढौ

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम, २२ वैशाख। इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ । “हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन… पुरा पढौ

व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश

काठमाडौं, २१ वैशाख। सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहेका व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको हो । “अनुसन्धान अधिकारीले धरौटी वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको… पुरा पढौ

नेप्सेमा पहिरो: ३४ अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं, २१ वैशाख । साताको पहिलो शेयर कारोबार हुने दिन सोमबार नेपाली शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले यस दिन पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३७ अंकले गिरावट आएको छ। कारोबार विवरण बजार ओरालो लाग्दा कारोबार रकममा पनि गत बिहीबारको तुलनामा कमी देखिएको छ। आज ३४१ कम्पनीको ६८ हजार ६३५… पुरा पढौ