मुख्य समाचार

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, २३ बैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो। कति कित्ताका लागि दिने आवेदन? कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि… पुरा पढौ

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, २३ बैशाख । कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो। कति कित्ता शेयर बिक्रीमा? कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कुल ४९ लाख कित्तामध्ये: १४ लाख कित्ता: आयोजना प्रभावित स्थानीयका लागि (बाँडफाँट… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २३ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम… पुरा पढौ

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं, २३ वैशाख। अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिनुभयो । दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा… पुरा पढौ

महासङ्घको नयाँ नेतृत्वको मतगणना जारी, जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक

काठमाडौं, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । महासङ्घको ६०औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ । जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद… पुरा पढौ

इन्धनको मूल्य घटाउन सकिने अवस्था छैन, कर्मचारीले बोनस खाएका छैनन् : सचिव राउत

काठमाडौं, २२ वैशाख । सरकारले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य तत्काल घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेशन (आईओसी) ले तोकेको मूल्यका कारण मूल्य घटाउन सहज नभएको बताउनुभएको हो। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले यस्तो जानकारी दिनुभएको हो। स्वचालित मूल्य प्रणाली र उपभोक्ताको हित सचिव राउतका अनुसार सरकारले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली… पुरा पढौ

अदालतको आदेशपछि व्यवसायी गोल्छा रिहा

काठमाडौं, २२ वैशाख। काठमाडौं जिल्ला अदालतले प्रख्यात उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। जिल्ला अदालतको यो निर्णयसँगै गोल्छा हिरासतमुक्त भएका छन्। न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको भन्दै प्रहरीको माग बमोजिम म्याद थप्न अस्वीकार गरेको हो। अदालतको आदेशको मुख्य बुँदा अदालतले आफ्नो आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको कानुनी प्रावधानलाई स्पष्ट पारेको छ: हिरासतको आवश्यकता नरहेको: प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था विद्यमान नदेखिएको। कानुनी प्रावधान:… पुरा पढौ

नेप्सेमा सुधार: ८.७८ अंकले बढ्दा कारोबार भने खुम्चियो

काठमाडौं, २२ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। विगत चार कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको बजारमा आज भने झिनो सुधार देखिएको हो। मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा कायम भएको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले सकारात्मक रहेका छन्। कारोबार रकममा मन्दी परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट देखिएको छ। सोमबार ४ अर्ब… पुरा पढौ

स्वदेशमै श्रमको उचित मूल्य नहुँदा विदेशिन बाध्य छन् युवा

काठमाडौं, २२ वैशाख । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिनुभएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गर्नुभयो । तर, ती सबै ठाउँमा उहाँले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पाउनुभएन । उहाँले भन्नुभयो, “परिश्रमको मूल्य नै पाइएन, त्यही भएर विदेशिन लागेको हुँ ।” धनकुटाका गुञ्जन तामाङ मनोरञ्जन क्षेत्रमा काम गर्नुहुन्छ । उहाँले यस क्षेत्रमा काम गर्न थाल्नुभएको नौ महिना भयो । उचित पारिश्रमिक नपाउने, काममा… पुरा पढौ

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

काठमाडौं, २२ वैशाख । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बँुदे दस्तावेजको बुँदा नं ९१ मा उल्लेख भएबमोजिम तथा नेपालको संविधान, आवासको हकसम्बन्धी ऐन, २०७५, अदालतको आदेशमा जारी निर्देशनअन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरू के–कसरी अवलम्बन गरिएको हो… पुरा पढौ