मुख्य समाचार

विद्युतीय सवारीको प्रवर्धनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ… पुरा पढौ

राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक कात्तिक १९ गते अनावरण गरिने

पोखरा, १३ कात्तिक । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदीपुरस्थित बीरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्तिक १९ गते अनाबरण गरिने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने पार्क निर्माण समितिका अध्यक्ष बसन्त कतिलाले जानकारी दिए । सो अबसरमा संस्थाले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिने छ । पवित्र… पुरा पढौ

केराउ, मरिच र सुपारी आयातमा लागेकाे प्रतिबन्ध हट्याे

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ । ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो । केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कूल ८० हजार मेट्रिक… पुरा पढौ

एमालेको सम्पूर्ण ध्यान दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित

काठमाडौं, १३ कात्तिक ।नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ । बैठकको समापनमा… पुरा पढौ

काठमाडौं विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं, १३ कात्तिक । काठमाडौं विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन अभिलेख, पाण्डुलिपि तथा योग आयुर्वेद, परम्परागत चिकित्सा विधिजस्ता व्यवहारोपयोगी विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षबीच सहमति भएको हो । सम्झौतासँगै प्राविधिक क्षेत्रमा फड्को मारिरहेको… पुरा पढौ

सीमा नाकामा थप कडाइ गरिने, बैठक आइतबार पुन: बस्ने

काठमाडौं, १३ कात्तिक । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भयो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।… पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं, १३ कात्तिक । सरकारले गएरातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि… पुरा पढौ

संसद अधिवेशन अन्त्य

काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार चालु अधिवेशन अन्त्य गरेकी हुन । यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । गएरातिबाट दुवै सदन अन्त्य भएको छ । पुरा पढौ

प्रधानन्यायाधिश राणालाई राजिनामा दिन बारले दियो अल्टिमेटम

काठमाडौं, १२ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजिनामा माग गरेको छ । यो मागसंगै बारको आज बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बारले प्रधानन्यायाधिश समक्ष कुनै फैसला, निर्णय तथा आदेश नगर्न माग गरेको छ । बारको बैठकले कात्तिकको १४, १५, १६ र १७ गतेसम्म हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडी प्रदर्शन गर्ने निर्णय गरेको छ । बार बैठकले देशका ९० वटै इकाईसंग छलफल गर्ने र केन्द्रीय बारले गरेका निर्णयहरु सबै इकाईका लागि परिपत्र… पुरा पढौ

परिक्षणका लागि आउँदै विद्युतीय बस, ३०० बस खरिदकाे प्रक्रियामा

काठमाडौं, १२ कात्तिक । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकाेमा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । बस काठमाडौंमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ, छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए ।… पुरा पढौ