काठमाडौं, २१ भदौ । गएरातिदेखि परेको वर्षाका कारण काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेका छन् । यस्तै १ सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
पुरा पढौ