मुख्य समाचार

फेरि नेप्सेमा करेक्सन, फाइनान्सबाहेक १२ वटै उपसमूह राताम्मै

काठमाडौं, १३ भदौं । साताको पहिलो दिन आईतबार शेयर बजारको प्रिओपन सेसनमा नेप्से उकालो लागेपनि बजार बन्द हुँदाको समयसम्म आउँदा भने ओरालो लाग्यो । फाइनान्स उपसमूहमा हरियो लागे पनि बाँकी सबै उपसमुह राताम्मै भएका छन३ । प्रिओपन सेसनमा नेप्से परिरसूचक ११.६९ अंकले बढेर ३१०५ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेको थियो । यसअघि साताको अन्तिम कारोबार भएको दिन नेप्से १७.६० अंकले बढेर ३०९४.०५ विन्दुमा रोकिएको थियो । आज नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा झरेको छ… पुरा पढौ

नेपाल बने नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता

काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी… पुरा पढौ

प्रदेश १,२, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा 

काठमाडाैं, १३ भदाै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ.भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान  भाद्र १३ गते  दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि… पुरा पढौ

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन । काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ… पुरा पढौ

एनआईसी एशिया सेलेक्ट-३० भयो नेप्सेमा सूचीकृत

काठमाडौं, १३ भदौ । एनआईसी एशिया सेलेक्ट-३० फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सो फण्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । फण्डको दोश्रो बजारमा कारोबारका लागि एनआइसिएसएफ संकेत दिईएको छ । एनआईसी एशिया क्यापिटलले असार १० देखि असारको २४ गतेसम्म एनआईसी एशिया सेलेक्ट-३० फण्ड नाम गरेको सामूहिक लगानी कोष बिक्रीमा ल्याएको थियो । फण्डको एनआईसी एशिया बैंक प्रवर्धक रहेको छ । प्रतिइकाई १० रुपैयाँ मूल्य अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १०… पुरा पढौ

प्रि-ओपन सेसन-११.६९ अंकले बढ्यो नेप्से

काठमाडौं, १३ भदौं । साताको पहिलो दिन आईतबार शेयर बजार सकारात्मक लयमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिरसूचक ११.६९ अंकले बढेर ३१०५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेको छ । यसअघि साताको अन्तिम कारोबार भएको दिन नेप्से १७.६० अंकले बढेर ३०९४.०५ विन्दुमा रोकिएको थियो । आज प्रि-ओपन सेसनमा ३९ कम्पनीको शेयर कारोबार भएको छ । उनीहरुमध्ये ३२ कम्पनीको शेयर बढेको छ । ६ वटाको भने घटेको छ र एक स्थिर रहेकाे छ । पुरा पढौ

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

झापा, १३ भदौ । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती १ महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्तीद्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए । भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गथ्र्यो । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको… पुरा पढौ

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

काठमाडौं, १३ भदौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो । उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । उनले संस्थाका समयसान्दर्भिक… पुरा पढौ

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, १३ भदौ । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ । पैराबारीका… पुरा पढौ

म्याग्दीका पुल निर्माणमा किन ढिलासुस्ती ?

म्याग्दी, १३ भदौ । कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम जेभीले ठेक्का लिएको २५ मिटर लामो पुलको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि सुरु… पुरा पढौ