मुख्य समाचार

नेप्से अपडेट : १६.३७ अंकले बृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, २ भदौ । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा अगाडी बढेको छ । प्रि-ओपन सेसनमा १२ अंकको बृद्धि देखिएको नेप्सेमा मध्यान्हसम्म आउदा १६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १६.३७ अंकले बढेर ३१७६.६८ विन्दुमा पुगेको छ । नेप्से ०.५२ पतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेर ५९५.०५ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २०८ कम्पनीको शेयर कारोबार भएको छ । ९२ लाख ४० हजार ९७४ कित्ता शेयरको खरिदबिक्रीबाट ५… पुरा पढौ

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २ भदौ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ। यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। हाल मनसुनी न्युन चापिय रेखा देशको पश्चिमि भूभागमा तराई नजिक रहेको छ… पुरा पढौ

मेलम्चीको बाढीले थप ३ घर बगायो

सिन्धुपाल्चोक, २ भदौ । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप ३ घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए। उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म… पुरा पढौ

मिथिलाञ्चलमा राखी पर्वको रौनक, बज्न थाले माङ्गलिक धुन

महोत्तरी, २ भदौ । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रष्ठिान हउन कि चलचित्र घर..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका छन् । चारैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ । मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका… पुरा पढौ

उपत्यका कोरोना संक्रमणकाे उच्च जोखिममा

काठमाडौं, २ भदौ । काठमाडौँ उपत्यका कोरोना संक्रमितकाे उच्च जोखिममा रहेको छ । ५/६ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मंगलबार उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढेर १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मंगलबार ६ सय ७३ जना सङ्क्रमित थपिएका छन् । भक्तपुरमा १ सय ४१ सङ्क्रमित थपिँदा ललितपुरमा २ सय १९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मंगलबार काठमाडौँ उपत्यकामा मात्र १ हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५ सय ६५ जनाको… पुरा पढौ

चीनबाट १६ लाख डोज भेरोसिल आउँदै

काठमाडौं, २ भदौ । चीनबाट बुधवार ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये २ दिन गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७०… पुरा पढौ

विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

काठमाडौं, २ भदौ । विकास बैंक फाइनान्स कम्पनी र हाइड्रोपावर कम्पनीहरुमा नै लगानीकर्ताको आकर्षण कायमै छ । मंगलबार नेप्से सूचक सामान्य अंकले बढ्दा १६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश फाइनान्स, हाइड्रोपावर र विकास बैंक रहेका छन्। मंगलबार कारोबार रकम भने केही बढेको छ। अघिल्लाे दिन १६ अर्ब रुपैयाँ भन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँ माथि पुगेको हो। यस दिन १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ… पुरा पढौ

बृद्धि हुन थाले भाइरल ज्वरोका बिरामी

मार्तडी, २ भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट ५ वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला २ सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ । उनले भने “बालबालिकामा देखिएको सङ्क्रमण दर बढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका ४ बालबालिकालाई रिफर गरिएको बताइन्। मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको… पुरा पढौ

भवन बनाउन प्रदेश सरकारको सहयोग

झापा, २ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाको भवन निर्माणका लागि प्रदेश १ सरकारले ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए। बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए । यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न… पुरा पढौ

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

काठमाडौं, १ भदौ । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी… पुरा पढौ