मुख्य समाचार

दुर्घटनामा तीन जनाको मृत्यु

कैलाली, १९ भदौ । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त… पुरा पढौ

जनस्वास्थ्यका मापदण्ड अपनाएर पठनपाठन हुने

कञ्चनपुर, १९ भदौ । कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ । भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन… पुरा पढौ

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन, १९ भदौ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ… पुरा पढौ

राहत र उद्धारमा कुनै कसर नराख्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकाेमा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी काम गर्न जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको शुक्रबार आकश्मिक बैठक बाेलाएर उनले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस… पुरा पढौ

जेष्ठ नागरिकको हितमा लाग्दै चन्द्रकृष्ण कर्माचार्य

उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोख्रेलीहरूका लागि अपरिचित र नौलो नाम होइन । पोखराको प्रशिद्ध औद्योगिक, व्यापारिक प्रतिष्ठान ‘कर्माचार्य आयल इण्डष्ट्रि प्रा.लि.’ का अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य अहिले आफूले प्राप्त गर्ने जेष्ठ नागरिक भत्तालाई सदुपयोग गर्दै एक लाख एक हजारको चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान÷ पुरस्कार स्थापना गरेर झनै चर्चित बनेका छन् । चन्द्रकृष्ण अहिले ७० बर्ष पार हुँदा सरकारले दिएको जेष्ठ नागरिक भत्ता जीवनमा पहिलो पल्ट १२ हजार आठ सय रूपैयाँ बुझ्दा मनमनै सोचे – यो रकम मैले अस्वीकार गर्नु हुँदैन बरु यो… पुरा पढौ

नाट्टा गण्डकी र नाट्टा प्रदेश नं २ को आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम सम्पन्न

पोखरा १८ भदौ । बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ । प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलसहित पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि सहितको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमण सहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ । टोलीले सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका, बीरगञ्ज… पुरा पढौ

सांग्रिला बैंकले गर्यो ९६ शाखामार्फत बैंकिङ्ग सचेतना सम्बन्धी घरदैलो कार्यक्रम

काठमाडौं, १८ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको थियो । यो कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ्m पुगेर उनीहरुलाई बचत गरी भैपरी आउँदा… पुरा पढौ

एक अर्ब ६० करोडमा चोभारमा तयार भयो सुक्खा बन्दरगाह

काठमाडौं, १८ भदौ । चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले रु एक अर्ब ६० करोड लगानीमा ५०० कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टिन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि तीन वटा भवन निर्माण गरिएको छ । यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन वटा… पुरा पढौ

मार्मामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला, १८ भदौ । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ । दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ । अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका… पुरा पढौ

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट चार अर्ब बीस करोड

काठमाडौं, १८ भदौ । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् । भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र… पुरा पढौ