मुख्य समाचार

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रम देउवा

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन् । सभापति देउवाले भने, “देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।” लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै… पुरा पढौ

कांग्रेसको वडा अधिवेशन आजदेखि

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँनगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।… पुरा पढौ

कस्तो हुनेछ, आजको मौसम ?

काठमाडौं, १८ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनी न्यून चापीय रेखा पनि तराई भूभाग भन्दा केही तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका शुक्रबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। यसैगरी दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही… पुरा पढौ

पहिराले पुरिएर ५ को मृत्यु, ३ बेपत्ता

पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकामा २ मृतावस्थामा फेला परेका छन् । पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । यस्तै कुश्मा नगरपालिका–११… पुरा पढौ

काभ्रेमा खानेपानीका चार बृहत् आयोजना सञ्चालन

काभ्रेपलाञ्चोक, १८ भदौ । जिल्लामा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा रु ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६, ७ र ८ सहित भकुण्डे उपत्यकामा सहजरूपमा खानेपानीको सुविधा पु¥याउन उक्त बृहत् खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो । वडा नं ६ स्थित रोशीखोलाबाट लिफ्ट गरी एक हजार ६०० भन्दा बढी परिवारका लागि खानेपानीको व्यवस्थापन गर्न आयोजनाले रु… पुरा पढौ

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौँ, १८ भदौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ । यस्ता… पुरा पढौ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले

काठमाडौं, १७ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । पहिलो हाफमा भारतीय टोलीले पनि… पुरा पढौ

समाज लघुवित्त र स्वस्तिकबीचको मर्जर प्रक्रिया बहुमत शेयरधनीहरुद्वारा अस्वीकार

काठमाडौं, १७ भदौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको विषेश साधारण सभाको निर्णय र शेयरधनीहरुको बहुमतले स्वस्तिक लघुवित्तसंग गाभ्ने, गाभिने कार्यलाई अस्वीकार गरेको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त र सिराहाको लाहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरको लागि गएको असोज ५ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ३७ प्रतिशत शेयरधनीहरुबाट सैद्धान्तिक सहमतिमा केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तकाे केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिकसंग मर्जर गर्न नसकिने भन्दै बहुमतले मर्जरको… पुरा पढौ

महाधिवेशन रोक्न आदेश माग्दै सर्वोच्चमा रिट

काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन । “विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो”, सांसद वैद्यले भने, “कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो ।” पार्टीको… पुरा पढौ

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो

काठमाडौं, १७ भदौ  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकि छन् । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिइन । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए । उनले पहिलो चरणमा… पुरा पढौ