मुख्य समाचार

काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

बनियानी, १५ भदौ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८… पुरा पढौ

एनआरएनए अमेरिकाद्वारा नेपाललाई ३ करोड बढीकाे स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १४ भदौ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाललाई सघाउन करिब रु तीन करोड १६ लाखभन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ । ती सामग्री गत शुक्रबार अमेरिकी सेनाको जहाजमार्फत नेपालका लागि पठाइएको र मङ्गलबार नेपाल आइपुग्ने समय तालिका रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए । ती सामग्रीमा अक्सिजन कन्सन्टे«टर, अक्सिजन पल्स अक्सिमिटर, भोल्ट स्टेप अपडाउन ट्रास्फरमर, एन ९५ मास्क, फेस सिल्ड, विभिन्न आकारका सर्जिकल गाउन सुटलगायत रहेका… पुरा पढौ

थप साबधानी नअपनाए डिसेम्बर १ सम्म युरोपमा कोभिडजन्य मृत्यु उच्च हुने

कोपनहेगन, १४ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने, “गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर… पुरा पढौ

मञ्जुश्री फाईनान्सले मंगलबारदेखि संस्थापक शेयर बिक्रीमा ल्याउँदै

काठमाडौं, १४ भदौ । मञ्जुश्री फाईनान्सले मंगलबारदेखि संस्थापक समूहतर्फको ९ हजार १८७ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । प्रतिकित्ता शेयर मूल्य घटिमा तीन सय रुपैयाँ रहेको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले तीन सय रुपैयाँभन्दा माथिको मुल्य राखेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापक, इच्छुक व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्ने भएका छन । शेयर खरिदकर्ताले घटिमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन । लगानी गर्न… पुरा पढौ

ग्लोबल आइएमई बैंकले तीजको अवसरमा ल्यायो क्यासब्याक योजना

काठमाडौं, १४ भदौं । ग्लोबल आइएमई बैंकले कुशे औंसी र हरितालिका तीजको अवसरमा ग्राहकहरुको लागि विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर भुक्तानी, डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले तीज पर्वको अवसरमा महिलाहरूकाे लािग क्याकब्याक योजना सार्वजनिक गरेको जनाएको छ । बैंकले ल्याएको क्यासब्याक योजना अनुसार भदौ २१ गते तथा कुशे औंसीको दिन भदौ २२ गते बुबाका लागि कुनैपनि उपहारको खरिदमा ''गिफ्ट टु फादर'' लेखेर क्युआर कोडमार्फत भुक्तानी गर्दा ३०० रुयैयाँसम्म क्यास ब्याक दिईने… पुरा पढौ

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

दमौली, १४ भदौ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका हुन । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गरे । आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरेर काम अगाडि… पुरा पढौ

पछिल्लो वर्षाले थप सडकमा क्षति, देशभर १६ सडक अवरुद्ध

काठमाडौँ, १४ भदौ । केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ । पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरामा अवरुद्ध छ । पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट… पुरा पढौ

(सन्दर्भ : विश्व बेपत्ताविरुद्धको दिवस) ‘कि सास कित, लाश चाहियो’

काठमाडौं, १४ भदौ । नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछिको विस्तृत शान्ति, सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ । विस्तृत शान्ति, सम्झौताकै बुँदा नम्बर ५, २ र २ मा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवैपक्ष मञ्जुर गर्दछन् भनिएको छ । विसं २०५२ फागुन… पुरा पढौ

कोभिडले ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाडौ, १४ भदौ । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका २ आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले… पुरा पढौ

मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

काठमाडौं, १४ भदौ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा… पुरा पढौ