मुख्य समाचार

तेह्रथुम पावरको आइपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन

काठमाडौं, १० भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे ५ लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। यो भनेको मागको ९.९९ गुणा धेरै हो। बुधबार साँझ ५ बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर गरिदको लागि आवेदन दिएकाे बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी दियाे । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल… पुरा पढौ

हात्तीलाई जंगलबाहिर आउन नदिन विद्युतीय तारबार थप

झापा, १० भदौ  । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ । यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर… पुरा पढौ

काठमाडाैंमा तीन दिन भेरोसेल खोप लगाइने

काठमाडौं, १० भदौ । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौं जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले… पुरा पढौ

कास्कीमा भदौ १८ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाईने के नपाईने ?

पोखरा, १० भदौ । कास्किमा निषेधाज्ञा भाद्र १८ गतेसम्म थपिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आदेश जारि गर्दै भदौ १०, आज राति १२ बजेदेखि भदौ १८ गते राति १२ वजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएका छन् । कास्कीमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दरमा बृद्धि भईरहेकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको जनाईएको छ । निषेधाज्ञामा कास्कीमा संचालन हुने सार्वजनिक तथा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीमा संचालन गर्नुपर्ने यसअघिको व्यवस्थालाई कायमै राखिएको छ ।… पुरा पढौ

नेपाल र ठाकुरकाे दललाई आयोगद्वारा मान्यता

काठमाडौं, १० भदौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा… पुरा पढौ

महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्युनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य

काठमाडाैं, ९ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।  उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भयो ।उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ… पुरा पढौ

सर्वोत्तम सिमेन्टको शेयर खरिदमा मुछिएपछि सेबोनका संचालक ढकालले दिए राजिनामा

काठमाडौं, ९ भदौ । नेपाल धितोपत्र बोर्डका संचालक चन्द्रप्रसाद ढकालले बोर्डको संचालकबाट राजिनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा ढकाल पनि मुछिएपछि उनले पदबाट राजिनामा दिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको राजिनामापछि महासंघको तर्फबाट बोर्डमा बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रतिनिधित्व हुने भएको छ । संसदको अर्थ समितिको भदौ ४ गते बसेको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाहि गर्न… पुरा पढौ

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाएका छन् । मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताए । एमालेबाट अलग भएका… पुरा पढौ

राताम्मै शेयर बजार, कारोबार रकममा पनि गिरावट

काटमाठौं, ९ भदौ । साताको चौथो दिन शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहरुको शेयर घटेको छ । अन्य दिनको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । मंगलबार १६ अर्ब बढीकाे काराेबार भएकाेमा आज १२ अर्बमा झरेकाे छ । नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा झरेको छ । नेप्से १.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा रहेको छ । कुल दुईसय सत्ताइस कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९५ लाख ९९… पुरा पढौ

बेष्ट फाईनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाडौं, ९ भदौ । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड,पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो । नँया शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए । कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी… पुरा पढौ