मुख्य समाचार

साहज उर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ११ भदौ । साहज उर्जा लिमिटेडले आयोजना प्रभावित जिल्लाका जनताका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले १०० मूल्य अंकित ३५ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । आयोजना रहेको जिल्ला सोलुखुम्बुका जनताको लागि बिक्री खुला गरिएको आइपीओको लागि जिल्लामा रहेका ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्शियल बैंकबाट आवेदन दिन सकिने छ । यस्तै सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पाईने छ ।… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो । करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो । पहिरो पन्छाइएपछि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै… पुरा पढौ

शनिबारबाट मौसममा सुधार हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम… पुरा पढौ

मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु

बागमती, ११ भदौ । मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले… पुरा पढौ

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

कावासोती, ११ भदौ । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको रडाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए । यस्तै… पुरा पढौ

सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब लगानी

काठमाडौं, ११ भदौ । कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा रु एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७, ७८ मा कूल रु एक खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो । यस अघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी रु एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ ।… पुरा पढौ

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध रु सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । आयोगले उपभोक्ता समितिका सदस्य गणेशकुमार गुरुङविरुद्ध रु एक लाख १९ हहजार र चार्टर कन्स्ट्रक्सन मालेपाटन पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध रु दुई लाख… पुरा पढौ

नयाँ आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ७१ अर्बको व्यापार

काठमाडौं, १० भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७, ७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो । आव २०७७, ७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो… पुरा पढौ

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए । “हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा… पुरा पढौ

साइग्रेस पोखरेलले भने- प्रविधिमा सनराइजको चमत्कार, मिस्डकल गरेर बिजुलीको बिल तिर्ने सुविधा

काठमाडाैं, १० भाद्र । चर्चित स्टोरीटेलर साइग्रेस पोखरेलले आफ्नो फेसवुक पेजमा एउटा अत्यन्तै उपयोगी भिडियो पोष्ट गरे । मंगलबार साझ पोष्ट गरेको उक्त भिडियोमा उनले आफ्ना जीवन भोगाईका कुराहरु सेयर गरेका छन् । हिजो र आजको विकास क्रमलाई उनले सरल तरिकाले ब्याख्या गरेका छन् । हाल नेपाल बाहिर रहेका उनले आगामी दशैंमा नेपाल जाने सोच बनाएको विषयबाट आफ्नो भनाई सुरु गर्छन । उनले मोबाइलको उपयोगीताबारे चर्चा समेत गर्छन । भिडियो पोष्ट भएको ४८ घण्टा नबित्दै करिब एक लाखले उनको भिडियो… पुरा पढौ