मुख्य समाचार

करिडोरको विकल्प नहुँदा यात्रीलाई सधैँ सास्ती

बलेवा, ५ भदौ । शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लाग्नुभएका उमाकान्त चापागाईं झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए। निरन्तर झरिरहेको पहिराका कारण सडक बन्द थियो । उनीजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो । बिरामी छटपटाइरहेका देखिन्थे । निरन्तर बगिरहेका गेगरको चोट लाग्ने त्रासले हिँडेर पहिरो पार गर्न पनि कठिन थियो । कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित खोला छेउमै थिए । पानी र चाउचाउ खाएर उनले… पुरा पढौ

स्थानीय तहमा आर्थिक खर्च अपारदर्शीः ८ करोड ५५ लाख बेरुजु

म्याग्दी, ५ भदौ । जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु. आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।… पुरा पढौ

इन्सेकद्वारा रुपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अभिवृद्धि कार्यक्रम

पोखरा, ५ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीको रुपा गाउँपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । साथै इन्सेकले स्थानिय तहमा मानवअधिकार निगरानी समूहको गठन तथा सरोकारवाला र सेवाग्राहीसंग छलफल सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा खाद्य सुरक्षाका लागि आफुहरुले ध्यान दिएको बताए । हामी सचेत भएर लागेका छौं, पकेट क्षेत्र पनि घोषणा गरेका छौं उनले भने, कृषकलाई विउविजन र उनीहरूले उत्पादन गरेका कृषिजन्य… पुरा पढौ

साना तथा स्वरोजगारमूलक छापामाध्यम संकटमा

काठमाडौं, ५ भदौ । साना तथा स्वरोजगारमूलक छापामाध्यम संकटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन प्रतिवदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं स्वरोजगारमूलक मिडियाका वास्तविक कठिनाइ बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध… पुरा पढौ

बिरामीलाई उपचार भन्दै चन्दा असुल्ने होटलबाट पक्राउ

पोखरा, ५ भदौ । मिर्गौलापीडितको उपचार नाममा बिनाअनुमति चन्दा असुल्ने प्रहरी फन्दामा परेका छन् । कास्की प्रहरीले यस कार्यमा संलग्न ३ जनालाई पोखराबाट पक्राउ गर्न सफल भएको हो। युनिक स्वयंसेवक नेपाल धरानमा केन्द्रीय कार्यालय दर्ता गरी सोही संस्थाको नाममा रसिद छपाई उनीहरुले देशका मुख्य सहरमा हालसम्म १० जना बिरामीको उपचार नाममा चन्दा असुल्दै आएको खुलेको छ । यसरी पक्राउ पर्नेमा संस्थाकी अध्यक्ष झापाको बिर्तामोड ९, पश्चिम स्ट्याण्डकी ३४ वर्षीया एलिजा बस्नेत, सदस्य झापाको हल्दिबारी १ का ४४ वर्षीय धनबहादुर सेन्चुरी… पुरा पढौ

प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारी

कर्णाली, ५ भदौ । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिन गरी दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र र सेञ्चुरी बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रबन्धक प्रवीनकुमार दाहालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। मन्त्रालयको ‘व्यावसायिक कृषि तथा पशुपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम… पुरा पढौ

बागलुङका व्यवसायीले पाए काेराेना खोप

बागलुङ, ५ भदौ । अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताए। “व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ”, उनले भने, “सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ ।” अत्यावश्यक सेवामा… पुरा पढौ

पोखरा रंगशालामा ‘फ्लड लाइट’ राखिने

पोखरा, ५ भदौ । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष ५ करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम ३ वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । १ अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य छ… पुरा पढौ

लघुवित्तका सञ्चालकको आयोजनामा सिइओ सम्मेलन

काठमाडौं, ५ भदौ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । काठमाडौँमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घका अध्यक्ष जगत पोखरेलले जानकारी दिए। सम्मेलनमा सहभागी सिइओ र विज्ञ तथा सङ्घका पदाधिकारीका बीच भएको बृहत् छलफलपछि प्रतिबद्धतापत्र जारी गरिएको उनले बताए प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्वअघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको… पुरा पढौ

काठमाडाैं महानगरपालिका कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ । यसअघि महानगरपालिकाले गत असार १६ गते… पुरा पढौ