मुख्य समाचार

पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो

काठमाडौं, ६ भदौ । पोखरा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त नाफा आर्जन गरेको हो । फाइनान्सले अघिल्लो पटक ७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी ४.३५ प्रतिशत रहेको फाइनान्सको संचालन मुनाफा ७४.०५ प्रतिशत बढी भएको जनाईएको छ । पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्म ८ अर्ब ९८ करोड निक्षेप संकलन गरेको छ । यस्तै कम्पनीले ५ अर्ब ८५ करोड कर्जा लगानी… पुरा पढौ

१९२० कोरोना सङ्क्रमित थपिए, २४ को मृत्यु

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण तथा ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट १ हजार ७ सय २ तथा एन्टिजेनबाट २ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ४८ सङ्क्रमित निको भएका छन् ।… पुरा पढौ

पोखराबाट भदौ १६ देखि बुद्ध एयरकाे सिमरामा सिधा उडान

काठमाडौं, ६ भदौ । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो । देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई… पुरा पढौ

पेट्रोलियम पदार्थ उत्खनन् गर्न चासो दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ । अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह… पुरा पढौ

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

काठमाडौं, ६ भदौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनिएको उनले बताए। अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।… पुरा पढौ

बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

काबुल, अफगानिस्तान, ६ भदौ । अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको… पुरा पढौ

मानुषी लघुवित्तको आइपीओ सोमबार बाँडफाँड गरिंदै

काठमाडौं, ६ भदौ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर (आईपीओ) निष्काशन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले सोमबारबाट आइपीओ बाँडफाँड गर्ने भएको छ । संस्थाले सोमबार भोलि सर्वसाधारणका लागि निष्काशन गरिएको सो परिमाणको शेयर बाँडफाँड गर्ने भएको हो । आइपीओको प्रि-अलोटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार… पुरा पढौ

नेप्सेमा आईतबार र सोमबार कारोबार बन्द

काठमाडौं, ६ भदौ । कि साताकाे पहिलो दिन वा शेयर कारोबार हुने अन्तिम दिनमा लगानीकर्ताहरुले शेयर बजारको लयमा सकारात्मक परिवर्तन होला नि भन्ने अपेक्षा सधैं गरिरहेका हुन्छन् । तर यस्तो भने जस्तो हुँदैन । अर्काे कुनै पनि प्रकारको विपत्ती, राजनीतिक अस्थिरता, नियमनकारी निकायमाथि उठ्ने गरेका प्रश्न र राज्यको अर्थनीतिले यसलाई केहि न केहि रुपमा प्रभाव पारिरहेको हुन्छ । साताको पहिलो दिन आईतबार अपेक्षा अनुसार शेयर बजार नखुल्दा कतिलाई मन खिन्न भएको हुनुपर्छ । तर यसमा दुई दिन झुक्किनु पर्ने कारण… पुरा पढौ

बालविवाह मुक्त घोषणा

बाँके, ६ भदाै । जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक/एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त… पुरा पढौ

सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

पाँचथर, ६ भदौ । २ वर्षअघिको साउन ३० गते जिल्लाका ३ मुख्य ग्रामीण सडक कालोपत्रको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरुआत हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिनु भनिएको थियो । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो । शिलान्यास भएका आयोजना… पुरा पढौ