मुख्य समाचार

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी, ७ वैशाख । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो । यसअघि रेसुङ्गा… पुरा पढौ

कामना सेवा विकास बैंकको खुद नाफा ५८ करोड ८६ लाख

काठमाडौं, ६ बैशाख। कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ भने कर्जा विस्तार र व्यवसायिक गतिविधि बढेसँगै ब्याज आम्दानीमा सुधार हुँदा समग्र सञ्चालन आम्दानी पनि बढेको बैंकले जनाएको छ। बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब रुपैयाँभन्दा माथि पुगेको… पुरा पढौ

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

दोधारा चाँदनी (कञ्चनपुर), ६ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । “कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो”, ढकालले भन्नुभयो, “सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।” उहाँले… पुरा पढौ

‘आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका’

काठमाडौं, ६ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उहाँले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै… पुरा पढौ

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

काठमाडौं, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल… पुरा पढौ

नारायणगढ बुटवल सडकको स्पिड लिमिट कती ?

नवलपरासी, ६ वैशाख । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक निर्माणको अन्तिम चरणमा छ । शुक्रवारसम्म राजमार्ग निर्माणको काम ८१ प्रतिशत सकिएको छ । यो देशकै लामो, फराकिलो र नयाँ सडक हो । समथर स्थानको राजमार्ग निर्माणको काम लगभग सकिएको छ । निर्माण सकिएको स्थानमा यो राजमार्गमा कति स्पिडमा गाडि हुइक्याउन पाइन्छ भन्ने कौतुहलता सबै चालकमा हुनु स्वभाविक हो । यो सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार यो राजमार्गको सिधा स्थानमा स्पिड लिमिट प्रति घण्टा ८० हुने छ ।… पुरा पढौ

कामना सेवा विकास बैंकको नाफामा १९.३७ प्रतिशतले बृद्धि

काठमाडौं, ६ वैशाख । कामना सेवा विकास बैंककाे नाफामा सामान्य बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा १९.३७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा याे नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा… पुरा पढौ

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई २ अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

काठमाडौं, ६ वैशाख। अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य… पुरा पढौ

महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौं, ६ वैशाख। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको प्रमाणपत्र आवश्यक पर्नेछ । यस्तै, आयकर र मूल्य अभिवृद्धि कर, गत आवसम्मको कर… पुरा पढौ