मुख्य समाचार

केही स्थानमा बादल लागे पनि मौसम सफा रहने

काठमाडौं, ५ वैशाख । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र… पुरा पढौ

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु, पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ, ४ वैशाख। लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको… पुरा पढौ

‘सरकार र कामपाबीच सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं, ४ वैशाख। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताउनुभएको छ । कामपाको ४८औँ कार्यपालिका बैठकमा उहाँले कामपाका पूर्वप्रमुख वालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री रहनुका साथै सहरी विकास र व्यवस्थापन विज्ञका रूपमा कामपाका काम गर्नुभएका शिक्षामन्त्री सस्मित पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल रहनुले काम गर्ने सहज वातावरण बन्दै गएको धारणा राख्नुभयो । स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री… पुरा पढौ

नेप्से सामान्य अंकले बढ्याे, ७ अर्ब ४६ करोडकाे काराेबार

काठमाडौं, ४ वैशाख । साताको शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेपाली शेयर बजार अन्तिम समयमा सकारात्मक भएर बन्द भएकाे छ । यसदिनकाे धेरैजसाे काराेबारकाे समय धरमराएकाे थियाे । तर अन्तिम समयमा बजार सकारात्मक भएर बन्द भयाे । अर्थात नेप्से सामान्य अंकले बढेकाे छ। नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.०३ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले घटेको छ। यस न कारोबार रकम पनि घटेको छ। अघिल्लाे… पुरा पढौ

छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा सुरु

वालिङ (स्याङ्जा), ४ वैशाख। भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो । वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको हो । उहाँले भन्नुभयो, “८… पुरा पढौ

कोइकाद्वारा कामदारको पुनःएकीकरणमा २५ लाख डलर सहयोग

काठमाडौं, ४ वैशाख। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो । कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पु¥याउनु परियोजनाको लक्ष्य हो । पुरा पढौ

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

काठमाडौं, ४ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । हिजो वैशाख ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई ४ बर्षका लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । मानन्धरसंग विभिन्न बैंक बित्तिय संस्थामा करिब २५ बर्ष कार्य गरेको अनुभव छ । हाल डिस मिडिया नेटवर्कको सीईओको जिम्मेवारीमा रहेका मानन्धर आगामी जेठ १ गतेदेखि मुक्तिनाथ बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा बैकिङ क्षेत्रमा सक्रिय रहनेछन् । पुरा पढौ

आरएसडिसी लघुवित्तको नाफा घट्यो

काठमाडौं, ४ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गएकाे आर्थिक वर्षकोभन्दा केहि घटेको हाे । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म संस्थाले रुपैयाँ ६ करोड ५६ लाख खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६.०८ प्रतिशत थाेरै हो। गएकाे वर्षको सोही अवधिमा रुपैयाँ ६ करोड ९८ लाख नाफा गरेकाे थियाे। लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशत घटेको… पुरा पढौ

मन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छाप्न सुरु

काभ्रेपलाञ्चोक, ४ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ । केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताउनुभयो । साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो । सञ्चारमन्त्री… पुरा पढौ

सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

सिरहा, ४ वैशाख । जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो । जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो… पुरा पढौ