मुख्य समाचार

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

काठमाडौं, २८ वैशाख । चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो । अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताए । सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले… पुरा पढौ

आज आमाको मुख हेर्ने दिन, श्रद्धा भक्तिले मनाइँदै

काठमाडौं, २८ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने… पुरा पढौ

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

काठमाडौं, २८ वैशाख । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गरेका हुन । यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ,… पुरा पढौ

प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छन् । यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यसअघि राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४… पुरा पढौ

विश्वासको मत नपाउँदा प्रधानमन्त्रीबाट ओली पदमुक्त

काठमाडौं, २७ वैशाख । संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएका छन् । प्रतिनिधिसभाको सोमबार बैठकमा विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओली स्वतः पदमुक्त भएका हुन्। प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र तटस्थ १५ जना रहे । उनका लागि १३६ मत आवश्यक थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १ सय २१ सांसद छन तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् । विश्वासको मतका पक्षमा सत्तारुढ… पुरा पढौ

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रम

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत मागे । “सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछु”,प्रधानमन्त्री ओलीले भने,“मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।” प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने, “तीन वर्षमा… पुरा पढौ

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले के भने ? (पूर्ण पाठ)

काठमाडौं, २७ वैशाख । कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न अस्पतालहरुमा उपचारत रहेका र घरमा आईसोलेसनमा बसेका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दछु । आज प्रतिनिधि सभाको यो बैठक बसिरहेको बेला देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ । नेपाली जनताले दशकौं देखि गरेको ठूलो त्याग, तपस्या र अतुलनिय बलिदान पश्चात हामीले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन… पुरा पढौ

नेप्से २७.४१ अंकले बढ्यो, सर्वत्र छायो हरियाली

काठमाडौं, २७ वैशाख । शेयर बजारमा आज शेयर लगानीकर्ताहरुले अनुमान गरेभन्दा फरक किसिमले सकारात्मक संकेत देखिएको छ । कारोबारमा रकमकाे बढाेत्तरीमा उल्लेख्य प्रगति नभए पनि सर्वत्र हरियाली छाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन तथा राजनीतिक घटनाक्रमको कारण बजार अस्थिर रहने आँकलन गरेपनि फरक परेको छ । शेयर लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बेलामा आज शेयर बजारमा देखिएको सकारात्मक संकेतले मनोवल केहि उकासेको छ । नेप्से आज २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा… पुरा पढौ

कोभिडविरुद्धको अभियानमा सरकारकाे प्रयासमा सहयोग होस्ः प्रधानमन्त्री

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारकाे प्रयासमा साथ र सहयोग दिन आह्वान गरेका छन् । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्न सबैसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, “विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी… पुरा पढौ

काठमाडौंमा १५ दिन निषेधाज्ञा थपिने

काठमाडौं, २७ वैशाख । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा समय थपिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले मेयरहरुसँग सोमबार गरेकाे छलफलपछि उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा गर्न सिफारिस गरेको हो । गत वैशाख १६ देखि जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदैछ । थप निर्णयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने जनाइएको छ । पुरा पढौ