मुख्य समाचार

विश्वासको मतःनेपालको संविधानको पहिलो अभ्यास

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाेले सोही प्रयोजनका लागि वैशाख २७ गते आज प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यव्यवस्था परामर्श समितिमा सोमबार प्रधानमन्त्रीले आफूमाथि राखेको विश्वासको मतका सम्बन्धमा दलका नेताबाट संक्षिप्त छलफल र धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइने निर्णय भएको जानकारी दिए ।… पुरा पढौ

विकास विरोधी तत्वहरुको चलखेलले काम गर्ने वातावरण भएन : मुख्यमन्त्री गुरुङ (राजीनामाकाे पूर्ण पाठसहित)

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थिरता नचाहने विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातवरण नभएकोले पदबाट राजिनामा दिएको बताएका छन् । आज ७ पृष्ठ लामो राजिनामा वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ को क बमोजिम आईतबारबाटै लागू हुनेगरी प्रदेश प्रमुख समक्ष दिएको राजिनामामा संघियताको मर्म बमोजिम संविधान कार्यान्वयन गर्दैै प्रदेशको विकास र समृद्धिको लागि काम गरिरहेकोमा विकास विरोधी तत्वहरुले अराजनीतिक चलखेल गरेको बताए… पुरा पढौ

निर्माण आयोजनाको म्याद १ वर्ष थप गर्न व्यवसायीकाे माग

काठमाडौं, २६ वैशाख । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जारी निषेधाज्ञाले निर्माण उद्योग आक्रान्त भएकाले निर्माण आयोजनाको म्याद १ वर्ष थप गर्न माग गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकास मन्त्री प्रभु साहलाई भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण उद्योगमा पारेको असरबारे जानकारी गराएको हाे । भेटमा सबै निर्माण बन्द गर्दै निर्णय मितिबाट लागू हुने गरी चैत्रदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शून्य… पुरा पढौ

नेपाल समूहको राजिनामा रोकियो, छलफल जारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुको सामूहिक राजिनामा रोक्न आजलाई सफल भएका छन् । नेपाल पक्षका सांसदहरु संसद सचिवालयमा देखिन थालेपछि ओलीले उनीहरुसंग कुराकानी गर्न नेता विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए । ओली तथा नेपाल खनाल पक्षका नेताहरुबीच आ-आफ्ना पक्षिय कुराहरु भएपनि निष्कर्षमा भने पुग्न सकेन । राजिनामाको विषयमा आफुहरुले बिचार गर्ने भन्ने कुरा नेपाल खनाल पक्षको रहेको छ । तर उनीहरु ओलीले चालेको कदम… पुरा पढौ

पार्टीलाई मजबुद पार्दै अघि बढ्न एमाले अध्यक्ष ओलीको आग्रह

पोखरा, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुद पार्दै अघि बढ्ने कार्यमा सरिक हुन सबैमा आग्रह गरेका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका ओलीले सोको अघिल्लो दिन आइतबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन् , ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थलाई मलजल… पुरा पढौ

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत समेत भइसकेकाे छ । प्रदेश प्रमुख सीता कुमारी पाैडेलले हालसम्मकाे कार्यका लागी धन्यबाद दिदै ३ दिन भित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि… पुरा पढौ

७ रोटरी क्लवले स्थापना गरे पोखरामा अक्सिजन बैंक

पोखरा २६, वैशाख . कोरोनाको दोश्रो लहरको संक्रमण दर पोखरा क्षेत्रमासमेत हरेक दिन बढ्दै जाँदा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ । कार्यक्रम संयोजक मिनु कुंवर श्रेष्ठको अध्यक्षतामा आइतबार पोखरामा बसेको बैठकले पोखरामा अक्सिजन ग्याँसको अभावमा कसैले जीवन नगुमाउन भन्दै आफुहरुले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेर काम गर्न सुरु गरेको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक अर्जुन खनालले बताए । विभिन्न व्यक्ति तथा कम्पनीहरुसंग रहेका अक्सिजन ग्याँस… पुरा पढौ

कोरोना र अस्थिर राजनीतिले शेयर बजार प्रभावित, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, २६ वैशाख । साताको पहिलो दिन आईतबार आज शेयर बजार ओरालो लागेको छ । कोरोना भाइरसको संक्रमणको महामारी बढीरहेको बेलामा केहि हप्तादेखि शेयर बजारमा सकारात्मक सन्तुलन हुन सकेको छैन । अर्को कुरा राजनीतिक घटनाक्रमले पनि शेयर बजारलाई नकारात्मक प्रभाव पारेको छ । वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए केहिदिन अँझैं अस्थिर रहने पक्का छ भने सरकार परिवर्तन भयो र एउटा आकार लियो भने पुनः शेयर बजार उकालोको यात्रामा लाग्ने आँकलन गरिएको छ । यसरी लगानीकर्ताहरु… पुरा पढौ

बिएण्डसी अस्पतालमा आजदेखि सङ्क्रमितका लागि २०० शैया सञ्चालनमा

काठमाडौं, २६ वैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शैया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुरयाउने क्रम जारी रहेपछि अस्पतालले शैया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शैया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै शैया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति , भौतिक पूर्वाधार… पुरा पढौ