मुख्य समाचार

प्रधानमन्त्री ओलीले मागे संसदमा विश्वासको मत(लाइभ)

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । दिउँसो १ बजे बोलाइएको बैठक सुरु भई १५ मिनेटका लागि स्थगित भएकोमा अहिले प्रम ओलीले विश्वासको मत मागेका हुन् । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रूपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । समयको प्रतिकूलता र धेरै लामो समयसम्म सभा बस्न हुन्न… पुरा पढौ

संसद बैठकमा सांसदहरु सहभागी हुँदै

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सांसदहरु सहभागी हुने क्रम जारी छ । कोरोना भाइरस महामारीबीच हुन लागेको संसद बैठकमा उपस्थित हुने सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर… पुरा पढौ

संसद बैठक शुरू हुनुअघिकाे दृश्य (फाेटाे फिचर)

काठमाडाैं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा पहिलेका दृश्य । पुरा पढौ

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौं, २७ वैशाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५… पुरा पढौ

प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशन तथा बिक्री जेठ ५ बाट हुँदै

काठमाडाैं, २७ बैशाख । प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखी फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत… पुरा पढौ

नेपाल समूहकाे राजीनामा राेकियाे, संसदमा अनुपस्थित हुने

काठमाडौं, २७ वैशाख । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले दिने भनिएकाे सामुहिक राजीनामा राेकिएकाे छ । स्राेतका अनुसार उनीहरू संसदको बैठकमा भने अनुपस्थित हुनेछन् । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेपाल पक्षका एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा हामी अनुपस्थित रहने निर्णय गरेका छौं उनले भने । अप्ठ्यारोमा नेपाल बैठकमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेताहरू राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता… पुरा पढौ

एसईई र कक्षा १२ को परीक्षा राेकियाे

काठमाडौं, २७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा हालका लागी स्थगित गरेको छ । आज सोमबार बसेको बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नदेखिएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताइएकाे छ । बोर्डले एसईईको जेठ १३ गते र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । पुरा पढौ

चितवनका अस्पतालमा बढ्यो बिरामीको चाप

चितवन, २७ वैशाख । चितवन जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शैयाहरु भरिन लागेका छन् । चितवन मेडिकल कलेजले २५३ शैया कोभिड उपचारका लागि भनेर छुट्याएकाेमा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर… पुरा पढौ

लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनद्वारा स्पष्टीकरण माग

भादगाउँ, २७ वैशाख । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्पताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । “कारवाहीको प्रक्रिया शुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ”, उनले भने । उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने… पुरा पढौ

समाज लघुवित्त र स्वस्तिक लघुवित्तले बोलाए विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं, २७ वैशाख । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले जेठ ११ गते मर्जरका लागि विशेष अधिवेशन बोलाएका छन् । तर दुबै संस्थाको विशेष साधारण सभा छुट्टाछुट्टै स्थानमा हुन लागेको छ । समाज लघुवित्तले मलंगवास्थित जानकी फेमली होटलमा दिउँसो २ वजे विशेष साधारण सभा बोलाएको छ भने स्वस्तिक लघुवित्तले सोहि समयमा लहानस्थित होटल नेमानमा साधारणा सभा बोलाएको छ । साधारण सभामा दुबै संस्थाले एकापसमा मर्जरसम्बन्धी छलफलको एजेण्डा पेश गर्नेछन् । दुबैबीच एक एकको स्वाप रेसियोमा मर्जर हुन… पुरा पढौ