मुख्य समाचार

पनौतीमा १२ वर्षे ‘मकर मेला’ को तयारी

काठमाडौं, ३ वैशाख । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो । मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ । बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित… पुरा पढौ

विद्यालय बन्द गर्ने अधिकार डिसिसिएमसीलाई, संक्रमण देखिए काठमाडौंमा विद्यालय बन्द गर्नुपर्ने

काठमाडौं, ३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ । मन्त्रालयमा शुक्रबार मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको हो । साथै सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको छ… पुरा पढौ

रुरुकाे आइपीओ बाँडफाँट, भाग्यमानी ३८ हजारले पाए १० कित्ता

काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट… पुरा पढौ

सुनचाँदीको मूल्य उकालो, शुक्रबार सुन तोलामा ७ सय वृद्धि

काठमाडौं, ३ वैशाख । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्यमा लगातार उकालो लाग्दै आएको हो । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघको… पुरा पढौ

मध्यपहाडी आयोजनाअन्तर्गत हेमजा सडकखण्डको काम असारभित्रै सकिने

पोखरा, ३ वैशाख । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरा–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ । गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले बताए… पुरा पढौ

हराएको ३७ वर्षपछि फर्किएको मूर्ति हस्तान्तरण

काठमाडौं, ३ वैशाख । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरण समेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गर्नुभएको हो । सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो ।… पुरा पढौ

४ वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन

काठमाडौं, ३ वैशाख । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेको हो । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो । कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । उनका अनुसार विभागले स्थायी… पुरा पढौ

कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

काठमाडौं, ३ वैशाख । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका… पुरा पढौ

भारतीय बजारबाट विद्युत् खरिद गर्न प्राधिकरणले पायो स्वीकृति

काठमाडौं, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई प्राप्त भएको छ । उक्त स्वीकृतिपछि प्राधिकरण भारतीय पावर एक्सचेञ्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । “कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिष्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न… पुरा पढौ

भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा, ३० करोड २८ लाख बिगाे दाबी

काठमाडौं, ३ वैशाख । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो । विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध रु एक करोड छ लाख ७२ हजार ९०९ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका… पुरा पढौ