मुख्य समाचार

१० अर्ब पूँजीको एनआरएनएको नयाँ कम्पनी दर्ता, आइपीओ निष्काशनको तयारी हुँदै

काठमाडौं, १९ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन)ले एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नाममा पव्लिक कम्पनी दर्ता गरेको छ । एनआरएनले नेपालमा लगानीका लागि ठूलो धनरासी भित्राउने तयारीसाथ कम्पनी रजिष्ट्रारको कार्यालयमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामक पव्लिक कम्पनी दर्ता गरेको हो । एनआरएनले कम्पनी दर्ता भईसकेपछि अब नेपालमा १० अर्ब बढीको लगानी भित्राउने तयारी गरिरहेको छ । एनआरएनका अनुसार तत्कालका लागि २ अर्बभन्दा बढी लगानीको प्रतिवद्धता पनि आईसकेको छ । कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी रहने भएको छ भने नेपाल… पुरा पढौ

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

सियाेल, १९ चैत । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज… पुरा पढौ

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

काठमाडौं, १९ चैत । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनबाट विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताए । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका लक्ष्मी… पुरा पढौ

एफपिओ निष्काशनको प्रस्ताव सहित मिर्मिरेको दशौं साधारण सभा सम्पन्न

बनेपा, १८ चैत्र । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दशौं साधारण सभा आज बनेपा स्थित पञ्चकन्या ब्याङ्क्वेटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेक बहादर बोहराको अध्यक्षतामा भएको सभाले कर प्रयोजनको लागि नगद लाभांश रु.१९१३१३१।०० र चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन तथा साविक नागवेली लघुवित्त वित्तीय संस्थाको रु. १,२९,६७,४९,२७९।०० को वासलात सहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २,९२,४२,०२,८९६।०० को वासलात सहितको वित्तीय विवरण… पुरा पढौ

नेप्से ४३.३६ अंकले बढ्याे, १२ उपसमूहमा छायो हरियाली

काठमाडौं, १८ चैत । शेयर बजारमा आज केहि सुधार देखिएको छ । दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ४३.३६ अंकले बृद्धि भएर २६१९.०२ विन्दुमा पुगेको छ । नेप्से आज १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बृद्धि भएर ४६३.५९ विन्दुमा पुगेको छ । आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब १६ कोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

सरकारको काम उपलब्धिमूलक: सत्तारुढ सांसद

काठमाडौं, १८ चैत । सत्तारूढ दलका सांसदहरूले सरकारले मुलुकको विकासका निम्ति चरणबद्ध रूपमा उपलब्धिमूलक काम गरिरहेको बताएका छन । राम्राे काम गर्दा पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपाटी विकास भएकोमा गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनीहरूले सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताए । नेकपा एमाले सांसद शान्ता चौधरीले सरकारले गरेका राम्रा कामको फलस्वरुप मुलुक कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख, औद्योगिक ग्रामको स्थापना,… पुरा पढौ

नेपालको जिडिपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंककाे प्रक्षेपण

काठमाडौं, १८ चैत । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो। दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१÷२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक… पुरा पढौ

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १८ चैत । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६ मा आवेदन दिने आज बुधबार अन्तिम दिन हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने जनाइएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको… पुरा पढौ

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

भरतपुर, १८ चैत । भरतपुर महानगरपालिकाभित्रका २ सय २० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । महानगरका सामुदायिक विद्यालय १ सय २३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उनले बताए । हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको उनले बतँए । ‘गत कात्तिकमा विद्यालयलाई… पुरा पढौ

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

काठमाडौं, १८ चैत । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता… पुरा पढौ