मुख्य समाचार

२१.३ मेगावाटको जलबिद्युत आयोजनामा लगानी जुट्यो, ४ बैंकले २ अर्ब ५२ करोड बढी लगानी गर्ने

काठमाडौं, ६ चैत । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रालिले विकास गर्न लागेको उक्त जलबिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ । ३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२… पुरा पढौ

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजबाट शुरू

काठमाडौं, ६ चैत । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा-कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ आजबाट शुरू हुँदैछ । सम्मेलन शनिबारसम्म चल्नेछ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्ने र प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छलफल… पुरा पढौ

ठूला परियोजनाको तयारी गरेर मात्रै लगानी सम्मेलन गर्नुपर्छ : गाेल्छा

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने कुरा बताएका छन् । “तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।” गोल्छाले भने । अन्तरराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन त भए । तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक… पुरा पढौ

भाडा समायोजन नगरे चैतको तेश्रो हप्ताबाट सवारी साधन नचलाउने महासंघको चेतावनी

काठमाडौं, चैत ६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैतको तेश्रो हप्तासम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनी दिएको छ । महासंघले भाडा समायोजनको लागि सार्वजनिक यातायातको भाडा बढाउन माग गरेर बिहीबार सरकारलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको आधारमा सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग गर्दै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाएको हो । महासंघले विकल्पको व्यवस्था नहुँदासम्मको लागि संचालनको २० वर्ष पुगेका र संचालनमा… पुरा पढौ

भ्याट छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ५ चैत । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व… पुरा पढौ

पाैडेल भए नेपाल टेलिकमको सर्वसाधारणबाट संंचालक समितिमा जाने पहिलो व्यक्ति

काठमाडौं, ५ चैत । नेपाल टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । टेलिकमको इतिहासमा पौडेल सर्वसाधारणबाट संंचालक समितिमा जाने पहिलो व्यक्ति हुन । यसभन्दा अघि सर्वसाधारणबाट टेलिकमको संचालक समितिका कोहि पनि गएका थिएनन् । सर्वसाधारणबाट पौडेल नै संचालक समितिमा निर्विराेध हुने पहिलो व्यक्ति भएका हुन । पौडेललाई नेपाल टेलिकमको चैत्र १३ गते आयोजना हुने सााधारण सभाले अनुमोदन गर्नेछ । उनी शेयर बजारमा एक जानेमानेका लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका अध्यक्ष पनि हुन । पुरा पढौ

४२.९५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ६६ करोडको सेयर कारोबार

काठमाडौं, ५ चैत । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ । कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । पुरा पढौ

एनसीसी बैंकले चैत्र १३ गतेदेखि रु ३ अर्बको ऋणपत्र ल्याउँदै

काठमाडैं, ५ चैत । एनसीसी बैंकले चैत्र १३ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुलाउने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक '९.५० प्रतिशत ब्याजदर भएको ‘‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १ हजार अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रुपैयाँ ३ अर्ब मध्ये १२ लाख कित्ता अर्थात कुल रुपैयाँ १ अर्ब २० करोड ऋणपूँजी रकम (५ प्रतिशत अर्थात ६० हजार कित्ता… पुरा पढौ

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन शनिबार

काठमाडौं, ५ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए। “कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासङ्घले एकढिक्का भएर… पुरा पढौ

बिनाधितो तीन लाख उद्यमशील कर्जा सहमति

भक्तपुर, ५ चैत । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ । तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु तीन… पुरा पढौ