मुख्य समाचार

मार्चमा करिब १५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, २० चैत । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८७४ र फेब्रुअरीमा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक… पुरा पढौ

आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

काठमाडौं, २० चैत । उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकाेमा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण शुरू भएकाे लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।” लिमिटेडले पानी वितरण गर्ने क्षेत्र… पुरा पढौ

अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ लगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग… पुरा पढौ

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रबर्द्धनमा नेपालको जोड

काठमाडौं, १९ चैत । अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को १७ औँ मन्त्रिस्तरीय बैठकलाई बिहिवार सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकजस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन बढाएर विकास र समृद्धिलाई टेवा दिनसक्ने बताए । साथै उनले बिम्स्टेक मुलुकका जनतालाई गरिबी र भोकमरीविरुद्ध लड्दै मर्यादित रोजगारीको सुनिश्चितता तथा दिगो… पुरा पढौ

कृषि विकासका लागी नेपाल र इजरायलबीच सहकार्य हुने

काठमाडौं, २० चैत । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका लागी उपयोगी हुने बताए। त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गरे । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग भएको शिष्टाचार भेटमा उनले नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए । सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई… पुरा पढौ

प्रभु क्यापिटलले दियो एमबिए र एमबिएम अध्ययनरत विद्यार्थीलाई शेयर बजार तालिम

काठमाडौं १९ चैत । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगत सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुलाइ शेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम प्रदान गरेको छ । तालिम चैत्र १७ गतेदेखी चैत्र १९ गतेसम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए । संस्थागत सामाजिक उत्तरदायित्व… पुरा पढौ

काठमाडौं महानगरले प्रभावित क्षेत्रका लागि ६ करोड दिने

काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि ६ करोड दिने भएको छ । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि ६ करोड दिने बताए । छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन/तीन करोड व्यवस्था… पुरा पढौ

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

काठमाडौं, १९ चैत । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् । प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा… पुरा पढौ

अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा

काठमाडौं, १९ चैत । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । पुर्वकाे गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा चल्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटै अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ । यो कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्नेछन ।अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत… पुरा पढौ

कास्कीमा एमालेको समानान्तर कमिटी गठन,अध्यक्षमा धनराज आचार्य चयन

पोखरा, १९ चैत । नेकपा एमाले कास्कीमा शुक्रबार समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने जनाइएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि… पुरा पढौ