मुख्य समाचार

चीनबाट नेपाल आइपुग्यो ८ लाख ‘भेरोसेल’ खाेप

काठमाडौं, १६ चैत । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ काठमाडाैं आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी छन् । उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ ।… पुरा पढौ

पाँचखालमा पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रे , १६ चैत । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ । पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिए । उहाँका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन… पुरा पढौ

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

महोत्तरी, १६ चैत  । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ । ‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही… पुरा पढौ

चीनबाट आज ८ लाख खोप र स्वास्थ्य सामग्री आउँदै

काठमाडाैं, १६ चैत । काेराेना विरूद्धकाे खाेप तथा सहायता सामग्री लिन आइतबार बेलुकी चीन गएकाे राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज चीनबाट खाेप ल्याएर आज राति काठमाडाैं आइपुग्ने भएकाे छ। । सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको हाे। जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० वजे खाेप तथा स्वास्थ्य सामग्री… पुरा पढौ

काठमाडाैं उपत्यकामा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं, १६ चैत । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ । अहिले दैनिक ४ करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक… पुरा पढौ

प्रतिनिधिसभालाई जीवन्त बनाउने बारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं, १५ चैत । प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बाालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो । प्रतिनिधिसभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा दुवैबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी भएकाे न्यौपानेले बताए । गत फागुन ११… पुरा पढौ

राष्ट्र बैंकले सोमबार ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले सोमबार रु ८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५… पुरा पढौ

टेलिकमका शेयरधनीहरुको लाभांश सोमबारदेखि जम्मा हुँदै

काठमाडौं, १५ चैत । नेपाल दूरसंचार कम्पनी लिमिटेडले भाेली सोमबारदेखि शेयरधनीहरुको हितग्राही खातामा नगद लाभांश जम्मा तथा भुक्तानीको व्यवस्था मिलाईएको जनाएको छ । नेपाल टेलिकमको चैत १३ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट प्रति शेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरिएको थियो । साधारण सभाबाट पारित भएको सोहि लाभांश कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंबाट शेयरधनीहरुको हितग्राही खातामा जम्मा तथा भुक्तानीको व्यवस्था गरिएको हो । साधारण… पुरा पढौ

प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

जनकपुर, १५ चैत । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिएका छन् । पुरा पढौ

वायु प्रदूषण केही समयसम्म रहन सक्ने, सावधानी अपनाउन विज्ञकाे आग्रह

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र… पुरा पढौ