मुख्य समाचार

सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सकियो

काठमाडौं, १९ फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच एकै दिन दुई चरणको वार्ता भएको छ । बुधबार विहान र साझ गरी एकै दिन दुई चरणको वार्ता सकिएको हो । वार्ता सकारात्मक भएको र निष्कर्श नजिक पुगिएको बताइएको छ । सरकार र विप्लवले नेतृत्वको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भएको सरकार तर्फका वार्ता समितिका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । सदस्य भट्टराईका अनुसार वार्ता बिषय केन्द्रीत भएको छ… पुरा पढौ

ज्योति लाइफको आइपीओ निष्काशन तथा बिक्री शुक्रबारदेखि हुदै

काठमाडौं, १९, फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति परिवर्तन भई दुई दिन अघि फागुन २१ गते सरेकाे छ । यसअघि फागुन २३ गतेदेखि सर्वसाधारणका लागि फागुन २३ गते शेयर निष्काशन तथा बिक्री खुलाउने भनिएको थियो । कम्पनीका अनुसार १०० रुयैयाँ अंकित दरका ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री गर्न लागिएको छ । उक्त शेयरबाट ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । ३ लाख ३० हजार कित्ता कर्मचारीहरुको लागि… पुरा पढौ

३९.२३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने झिनो सुधार

काठमाडौं, १९ फागुन । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ मा आइपुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंक भन्दा धेरैले घटेको छ । मंगलबारको तुलनामा कारोबार रकममा थोरै वृद्धि देखिएको छ । सोमबारको तुलनामा मंगलबार ५० करोड भन्दा धेरैले कारोबार रकम घटेको थियो । मंगलबार ६ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार ६ अर्ब २५ करोड रुपैयाँ भन्दा धेरैको… पुरा पढौ

नेताहरूले खाेप लगाएपछि भने : ‘कोभिड-१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

काठमाडौं, १९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले भने, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको रहेछ ।” नेपाल कम्युनिष्ट… पुरा पढौ

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

गलकोट, १९ फागुन । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर दोहन भइरहेको छ तर स्थानीय सरकार र सरोकारवाला निकाय मूकदर्शक बनिरहेका छन् । अहिले बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमुनि निर्वाधरूपमा ठूला… पुरा पढौ

‘शेयर बजारको पहिरो थामिन्छ, नआत्तिनुस्’

काठमाडौं, १९ फागुन । शेयर बजारमा मंगलबार ५९ अंक भन्दा धेरैको पहिरो गयो । साताको पहिलो दिन नै ठूलो पहिरो गएको शेयर बजार सोमबार भने सकारात्मक देखिएको थियो । अघिल्लो साता पनि घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ठूलो पहिरो गए पछि लगानीकर्ताहरु आत्तिएका छन् । मंगलबार कारोबार रकम पनि ६ अर्ब ११ करोड रुपैयाँमा सिमित भयो । यसले पनि लगानीकर्तामा एककिसिमको त्रास सिर्जना भएको प्रष्ट हुन्छ । नेपाल इन्भेष्टर्स फोरमका पूर्ब अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका… पुरा पढौ

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन ७ चैतमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटि बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो । काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुमार कार्की र प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री समेत आंकाक्षी रहेका छन् । धेरैले अध्यक्ष कटुवाललाई… पुरा पढौ

शुक्रबारदेखि ६६ करोडको आईपीओ निष्काशन हुँदै, कतिसम्म दिने आवेदन ?

काठमाडौं, १९ फागुन । पर्सी शुक्रबारदेखि ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन हुने भएको छ । सर्वसाधारणका ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि आईपीओ जारी गर्न लागेको हो । यस अघि आइतबारदेखि निष्काशन हुने भनिए पछि मंगलबार मिति परिवर्तन गर्दै शुक्रबारदेखि आईपीओ जारी हुने जानकारी गराइएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि… पुरा पढौ

राधी विद्युत कम्पनीको साधारण सभा आज, कस्ता छन् एजेण्डा ?

काठमाडौं, १९ फागुन । लाभांसको प्रस्ताव नगरिएको राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा आज डाकिएको छ । साधारण सभा कम्पनीको काठमाडौं त्रिपुरेश्वरस्थित कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएको छ । लाभांशकाे प्रस्ताव नभएपछि शेयरधनीहरुको हात खालि हुने भएको छ । साधारण सभामा संञ्चालक समितिका अध्यक्षको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५, २०७६ को लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/२०७७ को लागि लेखा परिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएको छ । कम्पनीले साधारण… पुरा पढौ

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

काठमाडौं, १९ फागुन । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ । महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए–गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको… पुरा पढौ