मुख्य समाचार

३० लाख ४१ हजार बढीले डिम्याट खाता खोले

काठमाडौं, २० फागुन । शेयर बजारमा लगानीकर्ताको आकर्षणसंगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ । बुधबारसम्मको आँकडालाई हेर्ने हो भने यो संख्या ३० लाख कटेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको संख्या ३० लाख ४१ हजार ६९८ पुगेको जनाएको छ । माघ महिनाको ६ गते सम्म डिम्याट संख्या २६ लाख १० हजार ८६२ पुगेको थियो । फागुन महिनाको ६ गते उक्त संख्या २८ लाख २७९ पुगकोमा बुधबार फागुन १९ गतेसम्म आउँदा डिम्याट खाता खोल्नेको संख्या ३० लाख… पुरा पढौ

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

चितवन, २० फागुन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुन् । विसं २०५१ मा आफ्नै… पुरा पढौ

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट, २० फागुन । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ । जिल्ला अदालत बागलुङमा चालु आर्थिक… पुरा पढौ

नयाँ चरणको कोरोना विरुद्धको खोप आइतबारदेखि, सर्वसाधारणले पनि लगाउन पाउने

काठमाडौं, २० फागुन। काठमाडौंमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई आइतबारदेखि खोप दिइने भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वटै वडामा आइतबारदेखि यस्तो खोप कार्यक्रम सञ्चालन हुने काठमाडौ‌ं महानगरपालिकाले जनाएको छ । दोस्रो चरणको यो खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि ५५ वर्ष भन्दा माथिका नागरिक, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने उल्लेख गरिएको छ । खोपका लागि १५ वटा केन्द्र तोकेको छ । जसमा शुक्रराज ट्रपिकल अस्पताल टेकु, बीर अस्पताल, क्षेत्रपाटी चिकित्सालय, प्रसुती गृह, सिभिल हस्पिटल, मदरल्यान्ड… पुरा पढौ

टेलिकमको अनपेक्षित लाभांश, निराश बने लगानीकर्ता

काठमाडौं, २० फागुन । केहि दिन अघिसम्म नेपाल टेलिकम ( नेपाल दुरसञ्चार कम्पनी) को सेयर किन्न लगानीकर्ताको आकर्षण नै थियो । समग्रमा बजार बढ्दा टेलिकमको सेयर मूल्य पनि राम्रै बढिरहेको थियो । तर बुधबार नेपाल टेलिकमको सेयर मूल्यमा राम्रै गिरावट आयो । नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार यस कम्पनीको सेयर मूल्य बुधबार ५ दशमलव ७४ प्रतिशत अर्थात एकैदिन ७३ रुपैयाँले घटेर १ हजार १ सय ९९ सय रुपैयाँमा झरेको छ । बुधबार धेरै गुमाउने कम्पनीहरु मध्ये टेलिकम तेस्रो नम्बरमा… पुरा पढौ

कोभिड विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

काठमाडौं, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए। उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे। यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री… पुरा पढौ

प्रभु बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार प्रभु बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतले हुने १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर नै नेप्सेमा सूचीकृत भएको हो । अब शेयर लगानीकर्ताहरुले शेयर नेप्सेमा सूचीकृत भएसंगै शेयरको विवरण डिम्याट आएपछि शेयर खरिदबिक्रीको कारोबार गर्न सक्ने भएका छन् । बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ ।… पुरा पढौ

स्वास्थ्य केन्द्र निर्माणका लागि १ अर्ब ८ करोड निकासा हुदै

काठमाडौं, २० फागुन  । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा… पुरा पढौ

प्रधानमन्त्रीले गरे चिडियाखानाका गैंडाको ‘अभिभावकत्व ग्रहण’

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका छन् । प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरी संरक्षणकर्तालाई उत्साहित तुल्याए ।… पुरा पढौ

राष्ट्र बैंकले बढायो विद्युतीय भुक्तानीको सीमा

काठमाडौं, १९ फागुन । विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको जानकारी दिएको छ ।नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ । राष्ट्र बैंकले यो सीमा बढाएसँगै सेयर बजारको दोस्रो बजारमा कारोबार गर्नेलाई… पुरा पढौ