मुख्य समाचार

नेप्से ३७.४८ अंकले बढ्यो, १० अर्ब ६१ करोड बढीको कारोबार

काठमाडौं, २६ माघ । शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आएकोमा यसलाई आज पनि कायम राखेको देखियो । यो साताको दोश्रो दिन आज सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आज ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेर रोकिएको छ । नेप्से १.४८ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ७.२८ अंकले बढेर ४६६.६० अंकमा गएर रोकिएको छ । आज २०६ कम्पनीको २ करोड ११ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ भने करोबार रकम १०… पुरा पढौ

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, २६ माघ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको २१३औं बैठकले ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २६ करोड ४३ लाख २ हजारको हुन आउने ८ प्रतिशत बोनस शेयर ८ करोड २१ लाख १४ हजार ५६० र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश ४३… पुरा पढौ

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका उद्याेगले आधा कराेड भाडा नबुझाउदा सामान जफत

लहान, २६ माघ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समय भाडाबापतको झण्डै आधा करोड रकम नबुझाउने उद्योगको समान जफत गरी असूली प्रक्रिया शुरु गरेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडाबापतको रकमसमेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया शुरु गरेको हो । वर्षाैदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडासमेत… पुरा पढौ

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट, २६ माघ । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् । दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई… पुरा पढौ

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

भरतपुर, २६ माघ । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताए । उनले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिए । उनले भने, “प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर… पुरा पढौ

वर्ल्डलिंकको ‘तहल्का’ : मासिक ७९९ रुपैयाँमा इन्टरनेट र टिभी

काठमाडौं, २६ माघ । निजी क्षेत्रको इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसनले ग्राहकका लागि लोभलाग्दो योजना 'तहल्का' सार्वजनिक गरेको छ । बढीभन्दा बढी ग्राहकले मनानेरञ्जनका कार्यक्रमहरु हेर्न सकुन भन्ने उदेश्यले उक्त योजना ल्याईएको बताईएको छ । वर्ल्डलिंकको योजनामा ग्रहकले नेटटिभीले उपलव्ध गराउने २०० बढी लाईभ टिभी च्यानलहरु तथा १० एमबीपीएसको इन्टरनेट सेवा महिनाको मात्र ७९९ रुपैयाँमा पाउने भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले इन्टरनेट जडान गर्ने तर उपयोग कम गर्ने ग्राहकहरुका लागि नयाँ योजना तहल्का एकदमै उपयुक्त भएको… पुरा पढौ

नयाँ लाइसेन्सका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौं, २६ माघ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गतवर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने… पुरा पढौ

दिगो विकास लक्ष्य प्राप्तिका लागि समन्वय र तथ्याङ्कमा जोड

काठमाडौं, २६ माघ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यका सूचकहरु धेरै भएकाले तिनका प्रगतिका अनुगमन गर्न वस्तुनिष्ठ तथ्याङ्क प्रणालीमा जोड दिएको छ । आयोगले ‘दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोतपुस्तिका २०२०’ सार्वजनिक गरेको छ । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन । प्रतिवेदनमा पूँजीगत खर्च कम हुँदा दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ भएको उल्लेख छ । तथ्याङ्क आवश्यकता तथा उपलब्धताका आधारमा सूचकहरु पुनरावलोकन गरी प्राथमिकीकरण गर्ने विषयलाई… पुरा पढौ

मिर्मिरे लघुवित्तले १ लाख बढी सदस्यमा वित्तीय सेवा पुर्याउने

काठमाडौं, २५ माघ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १ लाख बढी सदस्य माझ पुगेर वित्तीय सेवा पुर्याउने लक्ष्यकासाथ अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले भक्तपुर बाँसघारीमा संचालक समिति, संस्थागत लगानीकर्ता, ब्लक स्टेशन प्रमुख, क्षेत्रीय प्रमुख, विभागिय प्रमुख र उच्च व्यवथापन सहितको सहभागितामा दुई दिने अर्धवार्षिक प्रगति समिक्षा र आगामी अर्धवार्षिक लक्ष्यकासाथ कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले विगत छ महिनामा गरेका कार्यक्रमहरुको समिक्षासहित आगामी छ महिनाको रणनैतिक लक्ष्य निर्धारण गरेको छ ।… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दा: ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ’

काठमाडौं, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वाेच्च अदालतमा बहस गरेका सरकारी वकिलले जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क गरे । उन्नाइसौँ दिनको आजको सुनुवाइमा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता डा टेकनारायण घिमिरे, सहन्यायाधिवक्ता श्याम भट्टराई र उद्धव पुडासैनी, उपन्यायाधिवक्ता दशरथ पङ्गेनी र प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीमा यस्तो अधिकार निहित हुने बताए । नायब महान्यायाधिवक्ता डा घिमिरेले प्रतिनिधिसभा संसदीय अभ्यासअनुसार राजनीतिक कारणबाट भएको तर्क राखे । “प्रधानमन्त्रीको निर्णयलाई… पुरा पढौ