मुख्य समाचार

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

वाग्मती, ९ पुस । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् । जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग रहेका छन् । सबै उद्योग कुनै न कुनै निकायमा दर्ता भएको पाइए पनि हालको वर्तमान मापदण्डभित्र नरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी… पुरा पढौ

अलैंचीको मूल्य वृद्धि नहुँदा किसानलाई पर्याे मर्का

ताप्लेजुङ, ९ पुस । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ । चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित… पुरा पढौ

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने

काठमाडौं, ८ पुस । कोभिड-१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट रु पाँच अर्ब, नेपाल राष्ट्र बैंकबाट रु तीन अर्ब, नागरिक लगानी कोषबाट रु दुई अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु दुई अर्ब जम्मा हुने यकिन भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडबाट रु एक अर्ब, कर्मचारी सञ्चय कोषबाट रु एक अर्ब,… पुरा पढौ

संसद् विघटनविरुद्धका १३ रिटकाे सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने

काठमाडौं, ८ मङ्सिर । संसद् विघटनविरुद्ध परेका सबै रिट निवेदनकाे शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज संसद् विघटनविरुद्ध परेका १२ वटै रिट निवेदन संवैधानिक इजलासमा पेश गर्न आदेश जारी गरेपछि रिट निवेदनकाे सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन र आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन । नेपाल कम्युनिष्ट पार्टी… पुरा पढौ

कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने: प्रधानमन्त्री ओली

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् । रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आज प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानून र नियममा परिवर्तन हुने क्रम चल्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली… पुरा पढौ

नेप्से परिसूचक ७ अंकले बढ्याे, ६ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, ८ पुस । बुधबार शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ । समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सव–इन्डेक्शहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैंकिङ २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड ०ं०७ अंकले बढेका छन् । कारोबार रकम भने करिब ७… पुरा पढौ

इन्दुशङ्कर चिनी उद्योगकाे यस वर्षको उखु क्रसिङको काम शुरु

सर्लाही, ८ पुस । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले दशैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको… पुरा पढौ

संसद विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो । विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए । अन्य सबै निवेदन कानून व्यवसायीबाट परेको हो ।… पुरा पढौ

निजी क्षेत्रकाे हालसम्मकै ठूलाे लाप्चा खोला जलविद्युत आयोजनामा दुगड समूहले लगानी गर्ने

काठमाडौं, ८ पुस । दोलखामा आयोजनास्थल रहेको १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत आयोजनामा दुगड समूहले लगानी गर्ने भएकाे छ । निजी क्षेत्रबाट लगानी हुन लागेको हालसम्मकै ठूलो याे जलविद्युत आयोजनामा नेपालको व्यावसायिक घराना दुगड समूहले लगानी गर्न लागेको हो । आयोजना निर्माणमा लागि दुगड समूहले नाशा हाइड्रोपावर प्रालिमार्फत काम अगाडि बढाएको छ । आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको छ । आयोजनामा कूल २६ अर्ब २० करोड लगानी हुनेछ । आयोजनामा सरकारी स्वामित्वको नेपाल बैंक… पुरा पढौ

प्रभु लाइफको आईपीओ ५ लाखले नपाउने पक्का, शुक्रबार बाँडफाँड गर्ने तयारी

काठमाडौं, ८ पुस । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन दिएका मध्ये ५० प्रतिशतले मात्रै पाउने भएक छन् । बाँकी ५० प्रतिशतको हात खाली हुने पक्का भएको छ ।कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको तयारी छ । कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो… पुरा पढौ