मुख्य समाचार

प्रभु बैंकको ‘बुक क्लोज’ आज, शेयर मूल्य समायोजन

काठमाडौं, १० पुस । प्रभु बैंकको ‘बुक क्लोज’ आजदेखि हुँदैछ । प्रभु बैंकले पुस २६ गते बस्ने साधारण सभाको लागि आज पुस १० गते शुक्रबार बुक क्लोज गरेको हो । जसअनुसार बिहीबार पुस ९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रभु बैंकको सेयर मूल्य समायोजन समेत भएको छ । नेप्सेले बैंकको १०५… पुरा पढौ

के नबिल र सिद्धार्थ बैंक मर्ज हुँदैछन् ? यस्तो छ वास्तविकता

काठमाडौं, १० पुस । केहि दिन अघि नबिल बैंकसँग सिद्धार्थ बैंकको बिग मर्जर हुँदैछ भनेर एउटा हल्ला फैलियो । जसको असर शेयर बजारसम्म राम्रै पर्यो । यो विषयले वित्तीय बजारमा राम्रै चर्चा पायो । तर यो केवल सत्य नभएर हल्लामात्रै भएको पाइएको छ । सिद्धार्थ बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी समाचारमा कुनै आधिकारिकता नभएको जनाएको छ । केही सञ्चार माध्यममा सिद्धार्थ बैंक र अन्य केही संस्थाबीच मर्जर तथा एक्विजिसन हुन लागेका खबरहरु प्रकाशन भएका भन्दै त्यसमा आफ्नो गम्भीर ध्यानकर्षण भएको… पुरा पढौ

आवेदनमा रेकर्ड ब्रेक गरेको प्रभु लाईफको आईपीओ आज बाँडफाँड हुदै

काठमाडौं, १० पुस । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ । कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५.४२ गुणा बढी हो । कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६०… पुरा पढौ

अख्तियारले गर्यो साढे दुई अर्बको बिगो दाबी

काठमाडाैं, १० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा एक हजार २१२ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्दा रु दुई अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ बराबरको बिगो माग दाबी गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको प्रतिवेदनअनुसार कूल ४४१ वटा मुद्दा दर्ता गरिएको छ । प्रतिवादीमध्ये तीन जना पूर्वमन्त्री, विशिष्ठ श्रेणीका कर्मचारी नौ, अधिकृतस्तरका कर्मचारी ३५५, सहायक एवं सहयोगी कर्मचारी ४४०, निर्वाचित एवं मनोनीत पदाधिकारी ७० र विचौलिया ३३५ रहेका छन् ।… पुरा पढौ

चाडपर्वले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छन । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा… पुरा पढौ

आज गीता जयन्ती पर्व मनाइँदै

काठमाडाैं, १० पुस । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२८ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । कुरुक्षेत्रमा… पुरा पढौ

अमेरिकामा १० दिनमा १० लाखले लगाए कोरोनाको खोप

बोस्टन, अमेरिका, १० पुस । अमेरिकामा १० लाख मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । खोप सुरुवातपछिको पछिल्लो १० दिनमा १० लाख जनालाई पहिलो डोज दिइएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडीसी) ले जनाएको छ । पछिल्लो अवधिमा कोरोना भाइरसको निरन्तर बृद्धिलाई खोपको यो अभियानले छिटै नियन्त्रणतर्फ लैजाने सिडीसीको विश्वास छ । अग्रपंक्तिमा रहेर विरामीको सेवा गर्ने स्वास्थ्यकर्मी र नर्सिङ् होमहरुमा बस्ने बृद्धबृद्धालाई यो खोपले ठूलो मद्दत गर्ने ठानिएको छ । सिडीसीका अनुसार हाल यो खोपको आपूर्ति… पुरा पढौ

धितोपत्र बोर्डले घटाउने भयाे ब्रोकर कमिसन

काठमाडौं, ९ पुस । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ । बोर्डकाे कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष भीष्मराज ढुङ्गानाले यी महत्वपूर्ण दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । उनले भने, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ, यसअर्थमा पत्रकारको भूमिका… पुरा पढौ

विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई निर्वाचनबाट परास्त गरिनेछ : थापा

काठमाडाैं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताएका छन् । पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री समेत रहेका थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताएका हुन । नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उनले भने, “उनीहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उनीहरू दुश्मनको जालमा परेका छन् । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने… पुरा पढौ

सिर्जना फाइनान्सले २७.८६ प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, ९ पुस । सिर्जना फाइनान्स लिमिटेडको आज बसेको सञ्चालक समितिको २३७ औं बैठकले संस्थाका शेयरधनीहरुलाई २७.८६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ सम्मको बितरण योग्य मुनाफाबाट चुक्ता पूँजी ८४ करोड ७८ लाख ३८ हजार ८८० को १४.२७ प्रतिशत अर्थात रु. १२ करोड ९ लाख ५४ हजार ७६७ रुपैयाँ ८७ पैसा लाभांश वितरण गरिने भएको हो । यस्तै चुक्ता पूँजीको १३.५९ प्रतिशतको दरले हुने रु ११ करोड ५१ लाख ९५ हजार १७ पैसा बोनस शेयर,… पुरा पढौ