मुख्य समाचार

शेयर बजार राताम्मे, काराेबार रकम पनि घट्याे

काठमाडौं, ९ पुस । विहीबार शेयर बजार २९.८३ अंकले घटेर बन्द भएको छ । कारोबार रकम पनि ५ अर्ब ३६ करोडमा सिमित भएको हाे । हिजाे बुधबार करिब ७ अर्बको काराेबार भएको थियोे ।विहीबार होटल र व्यापार समूहबाहेकका सबै नेप्से उप सूचकांकमा गिरावट देखिएको छ । निर्जीवन बीमा सूचकांकमा १४२.४९ अंकको गिरावट देखिएको छ भने जीवन विमा सूचकांकमा ४३१.८७ अंकको गिरावट देखिएको छ ।  पुरा पढौ

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

भोजपुर, ९ पुस । भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन् । रु ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित हुनुभएका राई यसबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरेका छन् । उनले भने, ‘‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको बिक्रीबाट रु १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यावसायिक बन्न सके विदेशको… पुरा पढौ

फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु

कालिकोट, ९ पुस । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ । भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । ‘माटो र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि… पुरा पढौ

एचआइडीसीएलले बोलायाे साधारण सभा, नयाँ सञ्चालक पनि चयन गर्ने

काठमाडौं, ९ पुस । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफनोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गर्ने एजेन्डा बनाएको छ । सभाबाट सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन पनि हुनेछ । यस्तै, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा भुक्तान गरिएको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले साधारण सभाका लागि पुस… पुरा पढौ

सयपत्रीमा आत्मनिर्भरः फूल कारोवार घट्दै

काठमाडौं, ९ पुस । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो । व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् । अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच… पुरा पढौ

बागलुङको पर्यटन विकासमा सरकारका ६० योजना कार्यान्वयन

गलकोट, ९ पुस । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा रु दुई करोड ४४ लाख रकम खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६०… पुरा पढौ

नेप्सेले बोलायो साधारणसभा, ५० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साधारणसभा आह्वान गरेको छ । नेप्सेले आगामी २९ गतेका लागि साधारण सभा बोलाएको हो । साधारणसभाबाट गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । साधारणसभा प्रयोजनको लागि नेप्सेले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। नेप्सेले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । पुरा पढौ

अर्थतन्त्र उकास्न राजनीतिक स्थिरता आवश्यकः निजी क्षेत्र

काठमाडौं, ९ पुस । पछिल्लो राजनीतिक घटनाक्रम प्रति निजी क्षेत्रका संघ–संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । तीन ठूला निजी क्षेत्रका संगठहनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् । पछिल्ला घटनाक्रमले मुलुकको अर्थतन्त्रलाई फाइदा नपुग्ने भन्दै तीनै संगठनले संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरूसँग आग्रह गष्रेका छन् । ‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण… पुरा पढौ

बैंकक–लुम्बिनी सीधा हवाइ सम्पर्क बनाउनु पर्नेमा चेम्बरको जोड

काठमाडौं, ९ पुस । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांष्कृतिक विकासमा दुई मुलुक सँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिए । श्रेष्ठले नवनियुतm राजदूतको कार्यकालको सफलताको कामना… पुरा पढौ

मैले देश र जनताका लागि गरें, प्रचण्ड, नेपाल र खनालले तमासा देखाए : प्रधानमन्त्री ओली

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अलग्गिएर गएका प्रचण्ड, माधव नेपाल, भलनाथ खनालहरुले केके गरिरहेका छन् र केपी ओलीले सरकारमा बसेर देश र जनताका लागि के गरिरहेको छ दुनियाले छर्लङ्ग देखेको बताएका छन् । मेरो नेतृत्वमा रहेको सरकारले आफ्नो लयमा काम गरिरहेको छ । तर सरकारले देश र जनताको लागि काम गरेको देखिखान नसकेकाहरुले सरकारलाई साघाउनुको सट्टा काम गर्न नदिएर नेतृत्वलाई नै सत्याच्युत गर्न लागेको तमासा देखाई रहेको सबैले देखेको बताए । वुधबार राति एउटा टेलभिजन कार्यक्रममा बोल्दै… पुरा पढौ