मुख्य समाचार

शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

काठमाडौं, ४ पुस । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पु¥याउनुभएको योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रकारुपमा जन्मनुभएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएका थिए । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो… पुरा पढौ

विवाह पञ्चमी पर्व देशभर मनाइँदै, आज विवाह गर्न साइत नचाहिने

काठमाडौ, ४ पुस । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका… पुरा पढौ

अमेरिकी उपराष्ट्रपति र सभामुखले लगाए खोप

बोस्टन, अमेरिका, ४ मंसिर । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र अमेरिकी संसदभकी सभामुख न्यान्सी पेलोसीले शुक्रबार कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएका छन् । कोरोना महामारी विरुद्धको अभियानअन्तर्गत खोप लगाउने उनीहरु अहिलेसम्मकै उच्च राजनीतिज्ञ एवं सरकारी अधिकारी हुन् । ह्वाइट हाउसमा शुक्रबार बिहानै उपराष्ट्रपति पेन्स, उनकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम एडम्सले खोप लगाएका हुन् । उपराष्ट्रपति पेन्सले खोप लगाउँदाको भिडियो विभिन्न टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । उनले यो खोपको दोस्रो डोज अबको तीन सातामा लगाउने छन् ।… पुरा पढौ

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पाैडेलको निर्देशन

काठमाडौं, ४ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन । “ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उनले भने । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । उनले पूँजीबजारको विकासका लागि चालु वर्षको… पुरा पढौ

प्रमुख जिल्ला अधिकारीसहित अधिकृत, सहसचिव र उपसचिव १८ को सरुवा (सूचि)

काठमाडौं, ३ पुस । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ जनाको सरुवा गरेको छ । आज गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मीमा सरूवा गरिएकाे छ । यस्तै पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा… पुरा पढौ

व्यवसायीकै हितकाे पक्षमा काम गर्छाैं, अध्यक्ष गाेल्छा

काठमाडौं, ३ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यवसायीकै हक हितकाे पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताउँदै महासङ्घलाई अझ सुदृढ संस्थाका रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको बताएका छन् । उनले भने, हामी उद्याेग व्यवसायीकै हितकाे लागि काम गर्छाैं, महासंघ तपाँइकाे साथमा छ। नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यलाई सम्मान गर्न आयाेजित कार्रयक्रममा उनले… पुरा पढौ

लेखा सिमितले भन्याेः स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अख्तियारले छानबिन गर्ने

काठमाडौं, ३ पुस । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो । समितिका सचिव डा रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखी पठाउने… पुरा पढौ

भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं, ३ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए । ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल… पुरा पढौ

नेपालको तेस्रो पर्यटकीय गन्तब्य लाङटाङ पदमार्गमा चहलपहल बढ्दै

रसुवा, ३ पुस । नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको हो । असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौंबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा केन्द्रित हुने… पुरा पढौ

ज्योति विकास बैंकले १० % बोनस शेयर वितरण गर्ने

काठमाडौं, ३ पुस । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि… पुरा पढौ